राजा ज्ञानेन्द्र भन्छन, आत्मरतिमा रमाउने शासकहरु रहेसम्म आम नागरिकलाई सास्ती!

काठमाडौं, २३ माघ । पुर्वराजा ज्ञानेन्द्र शाहले बन्दको दिन मुख खोल्लु भयको थियो।
विभाजित नेकपाको दाहाल नेपाल समुहले गरेको आम हड्तालप्रति कडा प्रतिक्रिया दिँदै उहाँले मुख खोल्नु भयको हो ।
सामाजिक संजाल ट्वीटरमा ट्विट गर्दै पूर्व राजाले भन्नु भयको छ, ।

जनताको दैनिकीमा ध्यान नदिइ आफ्नो राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरु रहेसम्म आम नागरिकलाई आफ्नो जीविका चलाउन पनि धौ धौ पर्न जान्छ ।’
पूर्व राजा शाहले अगाडि लेखेका छन्, ‘सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ, न कि बन्द, हड्ताल वा जनविरोधी कृयाकलापले। जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज हुनु कदापी सैह्य हुन्न ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *