शिक्षकबाट हातपात भएका स्वास्थ्यकर्मी भन्छन् : एक्लै भए मार्ने रहेछन्

सुर्खेत । बिहानको करिब ८ बजेको थियो। चंलेखी गाउँपालिका हुम्लाका स्वास्थ्य शाखा संयोजक कालीबहादुर बुढामाथि एक्कासि हातपात भयो। कोठामा एक्लै बसेका बेला आफूमाथि एक्कासि आक्रमण हुँदा उनी तर्सिए।

उनलाई आक्रमण गरेर हातपात गर्ने त्यहीँ चंलेखी गाउँपालिका–४ का स्थानीय अमृत रोकाया रहेछन्। उनी पेशाले शिक्षकसमेत हुन्। बुढाले केही समयपछि मात्रै थाहा पाए। तर रोकायाकी कोरोना संक्रमित श्रीमतीको उपचारमा लापरबाही गरेको, संक्रमितलाई अस्पताल लैजान हेलिकोप्टर नल्याइदिएको आरोप लगाउँदै उनीमाथि शिक्षकले हातपात गरेका थिए।

‘म कोठामा बसेर त्रैमासिक प्रतिवेदनको क्षेत्रीय मेडिकल पठाउने डाटा इन्ट्री गरिरहेको थिएँ। मेरो कोठामा अमृत रोकाया एक्कासि आयो। तँलाई आगो लगाएर मार्छु भन्न थाल्यो,’ बुढाले भने, ‘स्थानीय केही साथी सम्झाउन खोज्दै थिए। सेनिटाइजरको ग्यालेन (जर्किन) खोलेर मेरो टाउकोमा छर्किने प्रयास गर्‍यो। म भाग्न खोजें। ल्याप्टपको चार्जर र पंचिङले हान्यो। मैले छेकें। तर सकिनँ साथीहरूले बचाए।’

रोकायाको कुटपिटबाट बुढाको ल्यापटपसमेत कुच्चिएको छ। भने मोबाइल फुटेको छ। स्वास्थकर्मी बुढाका अनुसार रोकायाले बुढालाई तथानाम शब्द प्रयोग गरेर गालीगलाैज गरेका छन्। बुढालाई आगो लगाएर मार्ने योजना बनाएर घरबाटै सेनिटाइजर ल्याएको र कोरोना संक्रमितको उपचार नगर्नेलाई मारिदिन्छु भन्दै हातपात गरेका पीडित बुढाले बताए।

बुढाले भने, ‘रोकायको परिवार (श्रीमती)लाई राति ज्वरो आएको र तिमीहरूलाई खबर गर्दा पनि हेर्न न आउने? औषधि पनि नदिने? मान्छेलाई मार्न खोज्ने भन्दै गालीसमेत गरे।’

रोकायाको श्रीमतीलाई जेठ १८ गते कोरोना पुष्टि भएको थियो। १८ गते नै उनलाई हेलिकोप्टर ल्याएर बाहिर उपचार गर्न लैजान रोकायाले दबाब दिएका थिए। आफूले गाउँपालिका अध्यक्षलाई बुझ्न आग्रह गरेको बुढाले जानकारी दिए।

स्वास्थ्यकर्मी बुढाले भने, ‘तत्कालका लागि अन्य रोगको भए मैले सिफारिस गर्नुपर्थ्यो। तर कोरोना संक्रमतिको बाहिर लानुपर्‍यो भने मैले सिफारिस पनि गर्नु पर्दैन। उसले त मेरो कारणले गर्दा हेलिकोप्टर आएन भन्ने लागेको रहेछ। म बुढो र सोझो मान्छे हुँ। बलियो छु भनेर मार्ने प्रसा गर्‍यो।’

बुढाले उनीसँगै सहभागी संस्थाका सर (गोरखबहादुर शाही) र स्वास्थ्य सहसंयोजक (नरप्रसारद चौलागाई)ले कुटपिट हुनबाट जोगाएको बताएका छन्। कुटपिटबाट बुढाको घाँटीमा कोतरिएको छ।

दुर्व्यवहार गर्नेलाई कारबाही माग गर्दै चंलेखी गाउँपालिका –४ मा रहेको प्रहरी चौकीमा उजुरी दिएका छन्।

शिक्षकबाट हातपात भएका स्वास्थ्यकर्मी भन्छन् : एक्लै भए मार्ने रहेछन्

यी हुन् जसपाका १० मन्त्रीले पाउने मन्त्रालय

शिक्षकबाट हातपात भएका स्वास्थ्यकर्मी भन्छन् : एक्लै भए मार्ने रहेछन्

संक्रमितभन्दा निको हुने २ हजारबढी, १०१ जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *