यी हुन् जसपाका १० मन्त्रीले पाउने मन्त्रालय

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)बाट बन्ने १० मन्त्रीको मन्त्रालय टुंगिएको छ ।
नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जान लागेको हो ।
आफूहरुले उठाउँदै आएको माग सम्बोधनको क्रम अघि बढेको भन्दै जसपा सरकारमा सहभागी हुन लागेको हो ।
जसपबाट मन्त्री बन्ने १० जना यसप्रकार छन्।
१.राजेन्द्र महतो- उपप्रधान मन्त्री तथा शहरी विकास
२.शरत सिंह भण्डारी – उर्जा तथा जलस्रोत
३.अनिल झा- खानेपानी तथा सरसफाई
४.बिमल श्रीवास्तव- श्रम तथा रोजगार
५.उमाशंकर अरगरिया- युवा तथा खेलकुद
६.लक्ष्मण लाल कर्ण- भूमि व्यवस्था तथा सहकारी
७.चन्दा चौधरी – महिला तथा बालबालिका
८.एकवाल मियाँ- वन तथा वातावरण
९. चन्द्रकान्त चौधरी – राज्य मन्त्री उर्जा
१०.रेणुका गुरुङ – राज्य मन्त्री महिला






