जाजरकोट : विपद्‌ निम्तिँदा उद्धार गर्न सबै पालिकामा हेलिप्याड

जाजरकोट । पहाडको भिरालो जमिनमा जथाभाबी डोजर प्रयोग भएकाले पहिरो जोखिम बढ्नसक्ने भन्दै प्रत्येक पालिकामा स्वयंसेवक गठन र हेलिप्याड निर्माण गर्ने निर्णय भएको छ।

विपद्‌का बेला उद्धार कार्यमा सघाउ पुर्‍याउन पालिका स्तरमा हेलिप्याड निर्माण गर्ने निर्णय भएको विपद्‌ व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए।

बर्खा शुरू भएसँगै सदरमुकामबाट गाउँ-गाउँसम्म पुग्ने सडक अवरुद्ध हुने हुनाले विपद्‌का बेला उद्धार तथा राहतका काम अघि बढाउन सबै पालिकास्तरमा हेलिप्याड निर्माण निम्ति प्रशासनले निर्णय गरेको हो।

यसैगरी, जिल्ला सदरमुकाममा ब्लड बैंक स्थापना गर्न सबै पालिकाले आवश्यक बजेट विनियोजन गरी तत्काल काम अगाडी बढाउने निर्णय भएको प्रजिअ देवकोटाले बताए।

पालिकाहरूलाई उद्धारमा चाहिने आवश्यक सामग्री जोहो गर्नसमेत आग्रह गरिएको छ। वर्षात शुरू हुनुअगावै औषधि, आवश्यक खाद्यान्न लगायत आधारभूत तयारी थाल्न आग्रह गरिएको हो।

जाजरकोट : विपद्‌ निम्तिँदा उद्धार गर्न सबै पालिकामा हेलिप्याड

कांग्रेसका बिसी र श्रेष्ठ कर्णाली सरकारका मन्त्री

जाजरकोट : विपद्‌ निम्तिँदा उद्धार गर्न सबै पालिकामा हेलिप्याड

तोलामा १५ सयले घट्यो सुनको भाउ

Leave a comment

Your email address will not be published. Required fields are marked *