पिपुल्स हाइड्रोपावरले सेयर निष्कासन गर्ने, प्रत्याभूतिकर्तामा लगानी कोष

काठमाडौं : पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ९६ लाख कित्ता शेयरको ९६ करोड बराबरको प्राथमिक शेयर निष्‍कासन गर्ने भएको छ। प्राथमिक सेयर निष्कासनको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ।

उक्त हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा शुक्रबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रवन्ध सञ्‍चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका हुन्।

उक्त हाइड्रोपावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावाट विद्युत् उत्पादन गर्नेछ। हाइड्रोपावरको सेयर निष्कासन तथा बिक्री प्रवन्धको रूपमा सानिमा क्यापिटल रहेको छ। सम्झौतापत्र आदानप्रदान कार्यक्रममा कोषको तर्फबाट विभागीय प्रमुख शोभा श्रेष्ठ, उपव्यवस्थापक नारायण प्रसाद घिमिरे लगायतका अधिकारी उपस्थित थिए।

पिपुल्स हाइड्रोपावरले सेयर निष्कासन गर्ने, प्रत्याभूतिकर्तामा लगानी कोष

न्युयोर्कमा एकैदिन ओमिक्रोनका पाँच संक्रमित भेटिए

पिपुल्स हाइड्रोपावरले सेयर निष्कासन गर्ने, प्रत्याभूतिकर्तामा लगानी कोष

मुस्ताङमा हिमपात

Leave a comment

Your email address will not be published. Required fields are marked *