श्रीलङ्कामा नोभेम्बर महिनामा चार हजार पाँच सयभन्दा बढी व्यक्तिमा डेङ्गी सङ्क्रमण

काठमाण्डौ : श्रीलङ्कामा नोभेम्बर महिनामा चार हजारभन्दा बढी व्यक्तिमा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ।

सरकारी तथ्याङ्कअनुसार नोभेम्बर महिनामा चार हजार पाँच सय ६१ जनामा डेङ्गीको सङ्क्रमण देखिएको हो । श्रीलङ्कामा डेङ्गीको भाइरस सङ्क्रमण पुष्टि भएको यो २० महिनायताकै सबैभन्दा धेरै हो।

श्रीलङ्काका स्वास्थ्य विज्ञले डेङ्गीको प्रकोप बढेको भन्दै ज्वरो आउने र मांसपेशी दुख्ने जस्ता केही लक्षण डेङ्गी र कोरोना सङ्क्रमण दुवैमा देखिने भएकाले चनाखो रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । डेङ्गी सङ्क्रमित व्यक्तिमा उच्च ज्वरो, बान्ता हुने, पेट दुख्नेलगायतका लक्षण देखिने गर्छ ।

राष्ट्रिय डेङ्गी नियन्त्रण एकाइका डा। शिलान्ती सेनविराट्नेले अक्टोबर र नोभेम्बर महिनामा परेको पानीका कारण डेङ्गीका बिरामी बढेको बताउनुभएको स्थानीय सञ्चार माध्यम डेली मिररले जनाएको छ।

श्रीलङ्कामा नोभेम्बर महिनामा चार हजार पाँच सयभन्दा बढी व्यक्तिमा डेङ्गी सङ्क्रमण

विवादका कारण कार्यतालिका प्रभावित

श्रीलङ्कामा नोभेम्बर महिनामा चार हजार पाँच सयभन्दा बढी व्यक्तिमा डेङ्गी सङ्क्रमण

न्युयोर्कमा एकैदिन ओमिक्रोनका पाँच संक्रमित भेटिए

Leave a comment

Your email address will not be published. Required fields are marked *