माहामारीमा चरम कालोबजारी

दुर्गा विसी

सल्यान । सल्यान पश्चिममा कोरोना माहामारिमा समेत कालोवजारि भएको भन्ने सुचना प्राप्त भए पछि जिल्ला प्रशासन कार्यलायको टोलिले वजार अनुगमन गरेका छ ।वजार अनुगमनका क्रममा एक दुई पसलवाहेक अरु सबै खाद्य पसल खुलेका थिएन्न ।

खाद्य पसल सबै बन्द नै रहेको भेटिए पछि खासै अनुगमन समेत प्रभाकारी भएन । कोरोना माहामारिमा यहाँका सर्वसाधारण नागरिक निकै ठगिएको जनाउँदै आएका छन् । तेल,चामल,दाल,तरकारी,फलफूल र अन्य खाद्यान्नहरुको चरम मुल्य वृद्धि गरिएको छ । माहामारिमा धेरै ठाउँमा मानविय सेवा समेत दिने गरिएको देखिन्छ तर यहाँ भने व्यापारीले निमुखा नागरिक माथि सधै अफ्ट्यारो परिस्थितिमा नै खाद्यान्न लगाएतका चिजबिजमा चरम आर्थिक ढाड सकिरहेका छन् ।

यहाँका व्यापारी भने कम्पनीबाटै हरेक सामानको मुल्य आकासिएकाले मूल्य वढाएरै समान विक्रीवितरण गर्नु परेको आफुहरुको वाध्याता रहेको जनाउने गरेको छन् । सबै भन्दा ह्वात्तै मूल्य वढि खानेतेलमा वढाएको छ ।यतिखेर वजारमा खानेचिजहरु छोइ नसक्नु छ ।जिल्ला प्रशासन कार्यलयको टोलि बन्द पसलहरु टुलुटुलु हेरेर फर्केको छ । जिल्लाको अनुगमन टोलि आएको सुइँको थाहा पाए पछि यहाँका व्यापारीले पसल विहानै देखि खोलेका थिएन्न ।सबै खाद्यान्न पसल बन्दै नै भएकोले टोलिले खासै अनुगमन गर्न पाएन ।

सह्याक सिडियो थमान खड्का,उद्योग तथा उपभोक्त हित संरक्षण कार्यालयका प्रमुख नृप जंग शाहि,धुर्व खत्री,दलवहादुर गिर,उद्योग वाणिाज्य संघ सल्लिवजारका सदस्य जयकृष्ण शर्मा र ईलाका प्रहरी कार्यालयको टोलिले वजार अनुगमन गरेको थियोे ।यो माहामारिमा नागरिकलाई नभएको आर्थिक चपेटामा नपार्ने अनुरोध समेत गरेको छ ।

सहि मुल्यमा खाद्य सामग्री वेचविखन गर्न अनुरोध समेत गरिएको छ ।यदि अटेरी पना देखाए तेसो गरेको पाएमा उजुरीका आधारमा छानबिन गरि कारवाहि गर्ने समेत जनाएको छ ।लकडाउन हुने हल्लाले पहिल्यै यहाँका व्यापारीले समानको मुल्य वृद्धि गरिसकेका थिए ।नागरिक ठगिदा समेत स्थानीय तहले समेत यश तर्फ कुनै वास्ता देखाउदैन ।

माहामारीमा चरम कालोबजारी

YUGAAWHAN NATIONAL DAILY (2078-02-19)

माहामारीमा चरम कालोबजारी

एमाले स्थायी कमिटी बैठक स्थगित, बिहीबार ४

Leave a comment

Your email address will not be published. Required fields are marked *