एमाले स्थायी कमिटी बैठक स्थगित, बिहीबार ४ बजे बस्ने

काठमाडौं ।आज बस्ने तय भएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ। एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आजको बैठक स्थगित भएको जानकारी दिए।
उनले बैठक भोलि अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नै बस्ने तय भएको जानकारी तामाङले दिए। नेताहरुको व्यस्तता र पार्टी एकताका लागि भइरहेका पहल निष्कर्षमा पुग्ने क्रममा रहेकाले आजको बैठक स्थगित गरिएको जानकारी दिइएको छ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो। एमाले स्रोतका अनुसार एकताका लागि दोस्रो तहका नेताहरुबीच आज पनि छलफल भइरहेको छ।






