लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुन : नियुक्त

काठमाडौं : एकल बहुमतको सरकार बनाउन आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका नेकपा एमालेका नेता शंकर पोखरेल पुनः लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनको शपथको समय भने तय भएको छैन। पोखरेलले बिहान राजीनामा दिएपछि बसेको एमाले संसदीय दलको बैठकले पोखरेलको नेतृत्वमा एकल बहुमतको सरकार बनाउने निर्णय गरेको थियो। सोही अनुसार पोखरेलले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुन : नियुक्त

कोरोनाका कारण युवा व्यवसायी श्रेष्ठको मृत्यु

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुन : नियुक्त

सल्यानको बनगाडमा १५ शैयाको आइसुलेसन कक्ष तयारी

Leave a comment

Your email address will not be published. Required fields are marked *