वीरेन्द्रनगर नगरपालिकाले एम्मुलेन्ससहित ५० शैयाको अस्पताल संचालनमा ल्याउने

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कोरोना(कोभिड–१९) को संक्रमण तिब्र रुपमा बढ्दै गएका कारणले एम्बुलेन्स र अक्सिजनसहितको ५० शैयाको अस्पताल संचालन गर्ने भएको छ । नगरपालिकाले नगर अस्पतालको भवन कटकुवामा एम्बुलेन्स, अक्सिजनसहितको ५० शैयाको अस्पताल संचालनमा ल्याउन लागेको हो ।

कोरोना संक्रमितको उपचारका लागि एम्बुलेन्स संचालन र ५० बेडको अक्सिजनसहित आईसोलेसन अस्पताल संचालन गर्ने नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताइन् । ‘तत्काल २५ बेडबाट सेवा सुरु हुने छ ।’ उनले भनिन्‘बिरामीलाई बोक्नका लागि अक्सिजनसहितको एम्बुलेन्स पनि संचालनमा आउने छ ।’

अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि सहज अक्सिजनसहितको आइसोलेसन बेड निर्माण गरिएको उपप्रमुख ढकालले बताइन् । ‘अस्पलातमा चाहिने जनशक्ति र अन्य व्यवस्थापन नगरपालिकाले गरिसकेको छ ।’ उनले भनिन्, ‘सबै तयारी पुरा भएर एक दुइ दिन भित्रमा नै अस्पताल संचालनमा आउने छ ।’

कोरोना संक्रमण बढ्दै गएको र सबैले स्वास्थ्य सुरक्षाको बिधिको पालना गर्न आवश्यक रहेकाले अहिलेको अवस्थामा सबैले आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने अवस्था आएको उपप्रमुख ढकालले बताइन् । ‘हामी सबैको साझा प्रयासले नै यो रोगको सामना गर्ने हो ।’ उनले भनिन्,‘यदि तपाईंलाई कुनै समस्या पर्याे भने तुरुन्त स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुहोला ।’

वीरेन्द्रनगर नगरपालिकाले एम्मुलेन्ससहित ५० शैयाको अस्पताल संचालनमा ल्याउने

वली माओवादीमा लागेपछि एकल बहुमतको सरकार बनाउने

वीरेन्द्रनगर नगरपालिकाले एम्मुलेन्ससहित ५० शैयाको अस्पताल संचालनमा ल्याउने

निषेधाज्ञाले रोकियो परीक्षा, के भन्छ त्रिवि ?

Leave a comment

Your email address will not be published. Required fields are marked *