ठप्प हुँदै खेलकुद गतिविधि

काठमाडौं : लामो समयको लकडाउन पछि तंग्रिएको खेलकुद गतिविधि कोरोनाको घातक दोस्रो लहरसँगै पुन स्थगित हुन थालेका छन् । सरकारले खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएपनि बिना दर्शक प्रतियोगिताहरूको आयोजना हुँदै आएको थियो। तर जारी प्रतियोगिताहरु केहि जारी रहेपनि आगामी दिनका लागि तय भएका खेलकुद गतिविधि भने स्थगित हुँदै गएका छन्।

धेरै खर्च गरेर प्रतियोगिता सञ्चालन गरिएको भन्दै एनएसएल तथा ओलम्पिक तयारी नरोकिए पनि अन्य संघहरूले तय गरेका खेलकुद गतिविधि भने एकपछि अर्को गर्दै बन्द हुन थालेका छन्।

क्रिकेटका सबै गतिविधि बन्द

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारमात्र कोरोना माहामारीको कारण सबैखाले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको थियो। एक विज्ञप्ति जारी गर्दै क्यानले अन्तराष्ट्रिय सिरिजदेखि सबै घरेलु प्रतियोगिता स्थगित गर्नै निर्णय गरेको थियो।

प्रस्तावित राष्ट्रिय प्रतियोगिता, जिल्ला तथा प्रदेश छनोट स्थगित गर्न सम्पूर्ण जिल्ला तथा प्रदेश संघलाई अनुरोध गरेको थियो। साथै उसले अर्को सूचना जारी नभएसम्म आगामी मे मा नामिबियासँग हुने भनिएको एकदिवसीय सिरिज पनि स्थगित गरेको थियो ।

कार्यतालिका अनुसार जेठमा यू–१९ राष्ट्रिय प्रतियोगिता आयोजना गर्न जिल्ला र प्रदेश छनोट गर्ने तयारी गरिएको थियो भने भारतको उत्तराखण्ड टोलीसँग महिला राष्ट्रिय टोलीले एकदिवसीय तथा टी–२० सिरिज खेल्ने कार्यतालिका रहेको थियो।

नेपालले पछिल्लो पटक टियु मैदान कीर्तिपुरमा मलेसिया र नेदरल्यान्ड्ससँगको त्रिकोणात्मक टी–२० सिरिज खेलेको थियो। जहाँ नेपाल च्याम्पियन बनेको थियो। तर अब क्यानले तत्काल कुनै प्रतियोगिता नहुने स्पस्ट पारेसँगै क्रिकेट गतिविधि रोकिएका छन्।

भलिबल गतिविधि पनि बन्द

क्रिकेट जस्तै धेरै गतिविधि हुने भलिबलपनि अब स्थगित हुने भएको छ। नेपाल भलिबल संघले सम्पूर्ण भलिबल गतिविधि केहि समयका लागि स्थगित गर्ने शनिबार जानकारी दिएको छ। भलिबल संघले कोराना भाइरसलाई मध्यनजर गर्दै केहि समयका लागि सम्पूर्ण भलिबल गतिविधि स्थगित गरिएको एक विज्ञप्ती मार्फत जानकारी दिएको हो।

भलिबल संघले सम्पुर्ण जनताको स्वास्थ्य स्थितिलाई ध्यानमा राख्दै र नेपाल सरकारको नियमानुसार कोरोना माहामारी तथा विभिन्न स्थानमा गरिएको लकडाउनका कारण हाललाई भलिबल गतिविधि स्थगित गरिएको जनाएको छ।

संघको निर्णयसँगै देशभर राष्ट्रिय खेल भलिबलको कुनै पनि गतिविधि हुने छैन। यस्तै तय भएको प्रतियोगिताहरु रोकिने छन्। संघले गत महिना पाँचौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता आयोजना गरेको थियो।

अत्यावश्यक बाहेक बन्द

मुख्य प्रतियोगिता बाहेकका सम्पुर्ण गतिविध बन्द गर्न राखेपले आग्रह गरेको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवालले ओलम्पिक तयारी र जारी एनएसएल फ्रेन्चाइज फुटबल प्रतियोगिता बाहेकका अन्य प्रतियोगिता हरु रोक्न आग्रह गरेको छ।

जारी एनएसएल र ओलम्पिक तयारी पनि कडा स्वास्थ्य सावधानीका साथ भइरहेको उनको भनाइ छ। उनले जनस्वास्थ्य र सरकारको निर्णय राखेपले कार्यन्वयन गर्ने र अत्यावश्यक बाहेकका खेलकुद गतिविधि अघि नबढाउने बताए।

थाहाखबरबाट

ठप्प हुँदै खेलकुद गतिविधि

चेन्नईमाथि मुम्बईको सहज जित

Leave a comment

Your email address will not be published. Required fields are marked *