नेपालका चार प्रशिक्षकले एएफसी ‘ए’ कोचिङ लाइसेन्स

काठमाडौं । नेपालका चार प्रशिक्षकले एएफसी ‘ए’ कोचिङ लाइसेन्स प्राप्त गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालका ४ प्रशिक्षकले एएफसी ‘ए’ लाइसेन्स प्राप्त गरेको जनाएको छ ।

एन्फाले विष्णु गुरुङ, राकेश श्रेष्ठ, बालगोपाल साहुखल र मनिष तिमल्सिनाले एएफसी ‘ए’ लाइसेन्स प्राप्त गरेको जनाएको छ।

यस अघि अनन्त राज थापा, चेतन घिमिरे, सल्यान खड्की र युगल किशोर राईले एएफसी ‘ए’ लाइसेन्स प्राप्त गरेका थिए ।

यससँगै नेपालमा ‘ए’ लाइसेन्स प्राप्त गर्ने प्रशिक्षकको संख्या ३९ पुगेको छ ।

एएफसीले गत नोभेम्बरमा कोर्सको आयोजना गरेको थियो । जसमा २२ जनाको सहभागिता रहेको थियो ।

नेपालका चार प्रशिक्षकले एएफसी ‘ए’ कोचिङ लाइसेन्स

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि

नेपालका चार प्रशिक्षकले एएफसी ‘ए’ कोचिङ लाइसेन्स

बालबालिकालाई छिट्टै खोप दिइन्छ : मन्त्री रेग्मी

Leave a comment

Your email address will not be published. Required fields are marked *