कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरुको पदावधि आज सकिँदै

सुर्खेत : कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरुको पदावधि आज सकिँदै छ ।

नेकपा समाजवादी पार्टीका तीन जना मन्त्रीहरुको पदावधि आजदेखि सकिने भएको हो । समाजवादी पार्टीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमर बहादुर थापा आजदेखि पदमुक्त हुनुहुने छन । उहाँहरु एमालेमै रहँदा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिए पछि सांसद पदबाट पदमुक्त हुनुभएको थियो ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिए पछि वैशाख ४ गते मन्त्रीमा नियुक्त भएका उहाँहरुले एमालेको कारबाहीमा परे पछि फेरि वैशाख १५ गते गैर सांसदका रुपमा मन्त्रीको शपथ खानुभएको थियो । गैर सांसद छ महिनाभन्दा बढी मन्त्री बन्न नपाउने कानुनी व्यवस्था अनुसार उहाँहरु पदमुक्त हुन लाग्नुभएको हो ।

अहिले एमाले विभाजन भए पछि उहाँहरु नेकपा (एकीकृत समाजवादी) मा हुनुहुन्छ । आज तीनै जना मन्त्रीहरुले राजीनामा दिने तयारी गर्नुभएको छ ।

कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरुको पदावधि आज सकिँदै

आज सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै

कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरुको पदावधि आज सकिँदै

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि

Leave a comment

Your email address will not be published. Required fields are marked *