पूर्व कृषि मन्त्री केसीको पहलमा किट सहयोग

प्रचण्ड खत्री

रुकुमपश्चिम । जिल्लाका विभिन्न स्थानीय तहलाई कर्णली प्रदेश सांसद तथा पर्व भूमी व्यावस्था, कृषि तथा सहरकारी मन्त्री विमला केसीको पहलमा किट सहयोग भएको । रुकुमपश्चिमा स्थानीय तहरुका कोरोना परिक्षणको लागि किटको अभाव भएपछि सांसद केसीको पहलमा किट उपलब्ध गरि सहयोग गरेकी हुन ।
सानी भेरी गाउपालिका, चौरजहारी नगरपालिका, त्रिवेणी गाउपालिका, आठबिसकोट नगरपालिका, मुसिकोट नगरपालिका र बाँफिकोट गाउपालिकालाई आठसयका दरले किट सहयोग गरेकी हुन । केसीले आफ्नै व्यक्तिगत लगानीमा किट खरिद गरि स्थानीय तहमा पुगेर नगरपालिका तथा गाउपालिका नगरप्रमुख र अध्यक्षलाई हस्तान्तरण गरिएकाे हाे ।
किट पाएपछि स्थानीय तहलाई धेरै राहत मिलेको बाँफिकोट गाउपालिका अध्यक्ष धर्मबहादुर केसीले बताए । केसी कोभिड–१९ बाट प्रभावित अवस्थामा जिल्ला स्थित स्वास्थ्य संथाहरु र बिरामी अवस्थाको बारेमा बुझ्न रुकुमपश्चिम जिल्लामा पुगेकी हुन । जिल्लामा कोभिड–१९ बाट र अन्य स्वास्थ्य समस्याको उपचारमा कमि नहोस भनेर सबै स्थानीय तहका अस्पतालका प्रमुख र जिल्ला अस्पतालका प्रमुखलाई केसी आग्रह गरेकी छन ।
साथै केसीले त्रिवेणी गाउपालिका, सानी भेरी गाउपालिका, चौरजहारी नगरपालिका र आठबिसकोट नगरपालिकाका नगर तथा पालिका स्थरका अस्पतालको निरीक्षण समेत गरेकी छिन हुन । त्यस्तै रुकुमपश्चिममा हाल एन्टिजेन मार्फत स्वाव संकलन भइरहेको जिल्ला स्वास्थ्य कार्यालय रुकुमपश्चिमका कोरोना फोकलपर्सन ईवर रावलले बताए ।






