कोरोनामुक्त भएपछि मदनकृष्णले भने – ‘जनता नै नरहे कसलाई शासन गर्ने ?’

काठमाडौं : कलाकार मदनकृष्ण श्रेष्ठले छिटो भ्याक्सिन बटुलेर जनतालाई भ्याक्सिन दिएर जनताको ज्यान बचाउनतिरलाग्न सरकारसँग आग्रह गरेका छन् ।

कोरोनामुक्त भएपछि उनले सामाजिक सञ्‍जालमा सबैको मायाको बलले आफूले कोरोनालाई जितेको बताएका हुन्। कोरोना संक्रमण पुष्टि भएपछि दुईपटक अस्पताल भर्ना भएका मदनकृष्ण अघिल्लो साता घर फर्किएका थिए।

अहिलेको अवस्थामा सरकारले कोरोनालाई पहिलो प्राथमिकता दिएर, सबैतिरबाट जति सकिन्छ-छिटो भ्याक्सिन दिएर जनताको ज्यान बचाउनतिर लाग्न सम्झाउन चाहेको उनले उल्लेख गरेका थिए। ‘जनता नै भएन भने कसलाई शासन गर्ने? होइन त?’ उनले लेखेका छन् ।

घर फर्किएको एक सातापछि उनले ‘कोरोनाले मलाई पछार्न त नराम्रैसँग पछार्‍यो, पछार्‍यो मात्र हैन-अझ लछार्‍यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्‍यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो । बेला बेलामा तर्सायो पनि! बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया…। तर सबैको माया, शुभेच्छा, प्रार्थना, र आशीर्वादको बलले गर्दा मलाई त्यसले जित्न भने सकेन’, उनले लेखेका छन् ।

उनी पहिलो पटक ८ दिन र दोश्रोपटक १४ दिन मेडिसिटी हस्पिटलमा बसेर घर आएका हु ।

https://www.facebook.com/yourMadanKrishnaShrestha/posts/346771106807117

कोरोनामुक्त भएपछि मदनकृष्णले भने – ‘जनता नै नरहे कसलाई शासन गर्ने ?’

जसपाको अनपेक्षित भूमिका

कोरोनामुक्त भएपछि मदनकृष्णले भने – ‘जनता नै नरहे कसलाई शासन गर्ने ?’

पूर्व कृषि मन्त्री केसीको पहलमा किट सहयोग

Leave a comment

Your email address will not be published. Required fields are marked *