भलिबल गतिविधि बन्द गर्ने एनभीएको निर्णय

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले सम्पूर्ण भलिबल गतिविधि केहि समयका लागि स्थगित गरेको छ । भलिबल संघले शनिबार एक सूचना जारी गर्दै कोराना भाईरसलाई मध्यनजर गर्दै केहि समयका लागि सम्पूर्ण भलिबल गतिविधि स्थगित गरिएको जनाएको छ ।

‘नेपाल भलिबल संघले नेपाल सरकारको नियमानुसार कोरोना माहामारीले देशका विभिन्न स्थानमा गरिएको लकडाउन र सम्पूर्ण स्वास्थस्थितिलाई मध्यनजर राख्दै हाल भलिबल खेल गतिविधि केहि समयको लागि स्थगित गरिएको जानकारी गराउदै आफु रहेको स्थानमा सुरक्षित रहन अनुरोध गर्दछ,’ संघले भनेको छ ।

संघको निर्णयसँगै देशभर राष्ट्रिय खेल भलिबलको गतिविधि हुने छैन । यस्तै तय भएको प्रतियोगिताहरु रोकिने छ । संघले गत महिना पाँचौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता आयोजना गरेको थियो । यस्तै यसै महिना सिन्धुपाल्चोकको तातोपानीमा भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आयोजना भएको थियो

भलिबल गतिविधि बन्द गर्ने एनभीएको निर्णय

काठमाडौंलाई राहत, अरुलाई आहत

भलिबल गतिविधि बन्द गर्ने एनभीएको निर्णय

रियल र ओसासुना भिड्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *