भारतबाट फर्किनेहरुको लर्को, संक्रमणको जोखिम उच्च, तयारी भने सुस्त

सुर्खेत, १० जेठ ।
भारतबाट फर्किने कर्णालीबासीको लर्को लाग्न थालेको छ । भारतमा रेल सेवा संचालनमा आएसँगै भारतमा अलपत्र परेका कर्णालीबासी पनि फर्किन थालेका हुन् । कोरोनाका कारण भारतमा पनि हाल लकडाउन छ । लामो समयसम्मको लकडाउनका कारण समस्यामा परेका उनीहरु स्वदेश फर्किन थालेका हुन् ।

भारतबाट फिर्ता हुनेहरुको संख्या बढे पनि उनीहरुको उद्दार र व्यवस्थापनमा समस्या देखिएको छ । प्रदेश र स्थानीय तहबिच समन्वय हुन नसक्दा भारतबाट आएकाहरु प्रदेशको सिमा नाकामा समस्या झेल्न बाध्य छन् । केहीको उद्दार भए पनि उनीहरुको कोरोना परीक्षणमा समस्या देखिएको छ । भित्रिनेको संख्या बढेपछि उनीहरुको व्यवस्थापनमा चुनौती देखिएको हो ।

गएको सोमबार भारतबाट आएका ५० जना बबईबाट छिन्चुसम्म आइपुगे । जसमध्ये सुर्खेतका ३७, दैलखका ८ जना, रुकुमका तीन, सल्यानका र कालिकोटका एक जनागरी ५० जना नागरिक थिए । अरु सबैले आफ्ना नागरिकहरु गाउँ फर्काए । तर दैलेखको दुल्लु नगरपालिका, नौमुले, डुगेश्वर र कालिकोटका आठ जनालाई सम्बन्धित पालिकाले उद्दार गरेनन् । सुर्खेतको भेरीगंगा नगरपालिकाले सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधिलार्य समन्वय गर्दासमेत आफ्ना नागरिक लैजान नमानेपछि त्यो खबर सामाजिक सञ्जाल फेसकुकमा सार्वजनिक गरिदियो । त्यति गर्दा पनि दैलेखका स्थानीय तहले उनीहरुलाई तत्काल गाउँ फर्काउन नसकिने बताए ।

बबई, रुपैडिहा, नानपारा र छिन्चुमा रहेको सबै नागरिकको एकै पटक उद्दार गर्ने अडान कसे । तर भोकभोकै नाकाबाट प्रवेश पाएका नागरिकको अवस्थाबारे कसैले सोचेनन् । बिहीबार मात्र एक हजार नौं सय ३० जना रुपैडिहा नाकाबाट नागरिकहरु व्यक्तिगत खर्चमा बबईसम्म आए । उनीहरुको न त समयमै उद्दार भयो, न त स्वास्थ्य चेकजाँच नै । परीक्षण केन्द्रको स्थापनामा जग्गाको विवादका कारण ¥यापिड टेष्ट सेन्टर नहुँदा सल्यानका चारसय ५८ जना स्वास्थ्य चेकजाँच नगरी जिल्ला पुगे । सल्यानमा पुगेका उनीहरुलाई बनगाडकुपिन्डे नगरपालिकाले ¥यापिड टेष्टपछि मात्रै क्वारेन्टाइनमा राख्ने जनाएको छ ।

कर्णाली प्रदेश सरकारले भारतबाट आउने नागरिकलाई सिमानाबाटै उद्दार गर्ने र स्वास्थ्य चेक गरेर सम्बन्धित नगरपालिकामा पठाउने निर्णय गरेको छ । भारतबाट आएका नागरिककै कारण कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै बबइमै ¥यापिड टेष्ट र संक्रमण नदेखिएका नागरिकलाई स्थानीय तहको समन्वय गरेर जिल्लामा पठाउने जनाउँदै आएको छ । तर न प्रदेश सरकारले सबै नागरिकाको स्वास्थ्य परीक्षण गर्न सकेको छ, न त सम्बन्धित स्थानीय तहले नै नागरिकहरुको उद्दारमा चासो दिएका छन ् । यसले भारतबाट भित्रिएकाहरुले आफूहरुको उद्दार र व्यवस्थापनमा वेवास्ता गरिएको गुनासो गर्न थालेका छन् ।

दश घण्टामा दुइ हजार भित्रिए
भारतमा सार्वजनिक यातायात र रेलसेवा सञ्चालन भएपछि हजारौं नागरिकहरु घर फर्कन थालेका छन् । बिहीबार मात्रै दुइ हजारभन्दा बढी नागरिक कर्णालीमा भित्रिएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले दिएको जानकारीअनुसार बबई नाकाबाट मात्रै झण्डै दुइहजार नागरिक भित्रिएका छन् ।

उनकाअनुसार सुर्खेतका चारसय ९७, दैलेखका आठसय २९, सल्यानका चारसय ५८, कालिकोटका ५४, जाजरकोटका ८१ र जुम्लाका ११ जना कर्णालीमा भित्रिएका हुन् । त्यस्तै सल्यानको कपुरकोटबाटसमेत थप ५८ जना नागरिकहरु जिल्ला भित्रिएको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जानकारी दिए । भारतबाट कर्णाली भित्रिएकालाई सम्बन्धित जिल्ला पठाउन बिहीबार मात्रै ४९ वटा बसहरु प्रयोग गरिएका छन् । जसमा सुर्खेतमा १२, सल्यानमा १९, कालिकोटमा २३, जाजरकोटमा दुई र जुम्लामा एकवटा बसमा सम्बन्धित जिल्लामा पठाइएको हो ।

रोकथामको तयारी सुस्त
भारतमा रेल सेवा सुरु भएसँगै त्यहाँबाट कर्णालीबासी आउनेक्रम सुरु भएको छ । रोजगारीका लागि भारतमा रहेका र लकडाउनका कारण समस्या उत्पन्न भएपछि ठूलो संख्यामा कर्णालीबासी स्वदेश फर्कन थालेका छन् । लकडाउन थपिदैं गएका कारण भारतबाट मात्रै कर्णालीमा करिव २७ हजार नागरिक गाउँ फर्कने अनुमान प्रदेश सरकारले गरेको छ । भारतबाट ठूलो संख्यामा मानिसहरु आउने तयारी गरिरहँदा कर्णालीमा भने तयारी सुस्त देखिएको छ । हालसम्म दश हजार आठसय ८० वटा मात्रै क्वारेन्टाइन निर्माण गरिएको छ । यसले भारतबाट आउनेहरुलाई थेग्न सक्ने अवस्था छैन ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्याङ्क अनुसार बिहीबारसम्म प्रदेशभर दशहजार आठसय ८० बेड मात्रै क्वारेन्टाइन तयारी अवस्थामा छन् । स्थानीय तहले क्वारेन्टानइन निर्माणमा ढिलासुस्ती गरेका कारण क्वारेन्टाइनको संख्या बढाउन नसकिएको मन्त्रालयले जनाएको छ । भारतबाट आउनेहरुसँगै कोरोना पनि भित्रिने जोखिम धेरै छ । तर सोहीअनुसार न क्वारेन्टाइन थपिएका छन्, न त परीक्षणको दायरा नै बढाइएको छ । तयारी व्यवस्थित नहुँदा अवस्था भयाभह हुने देखिएको छ । अर्कोतर्फ प्रदेश र स्थानीय तहबिच समन्वय प्रभावकारी नहुँदा थप जटिलता पैदा भएको छ ।

१३ जनाको रिपोर्ट शंकास्पद
पछिल्लो समय भारतबाट आउनेहरुको संख्या बढेपछि कोरोना संक्रमणको त्रास पनि बढेको छ । यही त्रासका कारण प्रदेश सरकारले भारतबाट आएकाहरुको अनिवार्य आरडीटी परीक्षण गर्न थालिएको जनाएको छ । बिहीबार मात्र भारतबाट आएकाहरु मध्ये स्वास्थ्य परीक्षण गर्दा १३ जनाको रिपोर्ट शंकास्पद देखिएको छ । आठ सयभन्दा बढीको रयापिड टेष्ट गर्दा १३ जनाको रिपोर्ट शंकास्पद देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । ‘१३ जनाको रिपोर्ट शंकास्पद देखिएको छ, शंकास्पद् देखिएपछि उनीहरुलाई सुर्खेतमा राखिएको छ’ वाग्लेले भने, ‘उनीहरुको थप परीक्षण गर्न स्वाव संकलन गर्नेछौं, शंकास्पद् देखिएकाहरुको पीसीआर परीक्षण हुनेछ ।’  (२०७७ जेष्ठ ९ गते शुक्रबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

भारतबाट फर्किनेहरुको लर्को, संक्रमणको जोखिम उच्च, तयारी भने सुस्त

भारतबाट फर्केका ४४६ जनाको आरडिटि रिपोर्ट नेगेटिभ

भारतबाट फर्किनेहरुको लर्को, संक्रमणको जोखिम उच्च, तयारी भने सुस्त

कृषि उत्पादन बढाउन अनुदान दिइदै

Leave a comment

Your email address will not be published. Required fields are marked *