दैलेखमा पीसीआर मेसिन पुग्यो, एक सातामा परीक्षण सुरु हुने

अमर सुनार
दैलेख, ६ असार ।
नेपालमै सर्वाधिक बढी कोरोना संक्रमित फेला परेको दैलेखमा कोरोना जाँच्ने पोलिमेराज च्यइन रियाक्सन (पीसीआर) मेसिन ल्याइएको छ । दैलेख निर्वाचन क्षेत्र नं. १ को निर्वाचन क्षेत्र पुर्वाधार विकास साझेदारी कार्यक्रमको बचेको रकमवाट मेसिन ल्याइएको हो ।  दैलेख सदरमुकामको काँडाचौरदेखि भैसेखोर सडक कालोपत्रे गर्न बिनियोजन गरिएको ६ करोड रुपैंयाँ मध्ये ठेक्का घटाघटमा बचेको १ करोड ८ लाख मध्येबाट पीसीआर मेसिन खरिद गरिएको नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल नेपालीले जानकारी दिनुभयो ।

महाबु हुँदै कालिकोट–मुगु–हुम्ला जोड्ने सडक खण्डको काँडाचौरदेखि भैसेखोर सडक कालोपत्रे गर्न पुर्वाधार विकास साझेदारी कार्यक्रमको लागि चालु आर्थिक वर्ष २०७६/०७७ को सबै एकमुष्ठ ६ करोड रुपैंयाँ बिनियोजन गरिएको थियो । दैलेख क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य रबीन्द्रराज शर्मा संयोजक रहेको निर्वाचन क्षेत्र पुर्वाधार विकास साझेदारी कार्यक्रमको निर्देशक समितिको निर्णयबाट पीसीआर मेसिन खरिद गरिएको निर्देशक समितिका सदस्य प्रतिनिधिसभा सदस्य पार्वती बिशुन्केले बताउनुभयो । स्वास्थ्य राज्यमन्त्री नवराज रावत,  दैलेखका सा‌सद रबीन्द्रराज शर्मा, राष्ट्पतिका स्वकिय सचिव दिपा शर्माकाे पहलमा दैलेखमा पीसीअार जडान गरिएकाे हाे । अाइसाेलेसन निर्माणमा प्रदेश सा‌सद अम्मर बहादुर थापाकाे पहलमा निर्माण भएकाे छ ।

जिल्लामा कोरोना संक्रमणको जोखिम वढेको र सुर्खेतबाट रिपोर्ट आउन ढिला हुने गरेकाले दैलेखमा मेसिन नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले जानकारी दिनुभयो । स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकलपर्सन थीरप्रसाद रेग्मीले यो मेसिन जिल्लाका ७ गाउँपालिका र ४ नगरपालिका सबैको लागि उपयोग हुने बताउनुभयो ।

प्रयोगमा आउन एक साता लाग्ने
निर्वाचन क्षेत्र पुर्वाधार विकास साझेदारी कार्यक्रमको बचेको रकमवाट मेसिन खरिद गर्न नारायण नगरपालिकाको टेण्टरमा मेडिसोलुसन इण्टरनेशनल प्रालि काठमाण्डौंले ‘माइक्रोपेट्टे प्लस डी–ल्याब’ ब्राण्डको उक्त पीसीआर मेसिन १२ घण्टा चलाउँदा ३ सय वटा कीटको रिपोर्ट निकाल्न सक्ने क्षमता रहेको कर्णाली प्रदेश प्रयोगशालाका बायोमेडिकल इञ्जिनियर राकेशकुमार साहले जानकारी दिनुभयो ।  पीसीआर मेसिन स्टलेसन गर्न प्रिफेवबाट बनाइएको भवनमा बिद्युत वाइरिङ्ग र फर्निचर व्यवस्थापन गर्न बाँकी रहेकोले सबै तयारी सकेर पीसीआर मेसिन प्रयोगमा ल्याउन एक साता लाग्ने बायोमेडिकल इञ्जिनियर साहले बताउनुभयो ।

कोरोना संक्रमित दैलेख देशभरकै उच्च
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार दैलेख देशभरमै सबै भन्दा धेरै ७ सय ८ जना, दोश्रोमा कपिलबस्तु ६ सय ७६, तेश्रो सिराहा ५ सय ४२ र महोत्तरमा ५ सय पुगेको छ । यी चार वटै जिल्लालाई सरकारले कोरोना रेड जोन सूचीमा राखेको छ ।

तथ्यांक सच्याइएको
कोरोना संक्रमण जाँच्न पठाइएका नोजल स्वाव परीक्षणको क्रममा कर्णाली प्रदेश प्रयोगशाला सुर्खेतले बिहीवार पठाएको बिवरणमा महाबु गाउँपालिका पुराना ३६ जना कोरोना पोजेटिभको तथ्यांक दोहोरिएको कारण त्यो अंक सच्याइएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
बिहीवार परीक्षण गरिएका मध्ये महाबु गाउँपालिकाका दोहोरिएका ३६ समेत दैलखेका ९१ जनाको विवरण पठाउदा दैलखमा ७ सय २१ जना पुगेको, शुक्रवार ३ जना र आज शनिवार थपिएका १९ जना समेत ७ सय ४४ पुगेको संख्यामा ३६ जना घटाएर दैलेखमा अब बास्तविक संख्या ७ सय ८ जना मात्र रहेको भन्दै कार्यालय तथ्यांक सच्याएको छ । संशोधन गरिएको तथ्यांकपछि अव दैलेखमा कोरोना संक्रमितको संख्या ७ सय ८ जना पुगेको र हालसम्म ३ सय ४ जना कोरोना निको भएर घर फर्किएका स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकलपर्सन थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

दैलेखमा पीसीआर मेसिन पुग्यो, एक सातामा परीक्षण सुरु हुने

दैलेखका पत्रकारलाई मनघरी फाउन्डेसनको सहयोग

दैलेखमा पीसीआर मेसिन पुग्यो, एक सातामा परीक्षण सुरु हुने

YUGAAWHAN NATIONAL DAILY (2077-03-07)

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds