मुख्यमन्त्रीले छरेको मकै नटुसाउँदै हंगामा

सुर्खेत, २ जेठ ।
कर्णाली प्रदेश सरकार मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विहिबार बाँझो जग्गा जोतेका छन् । बाँझो जमिन खाली नछोड्न सबै नागरिकमा सन्देश दिने उद्देश्यले एक भव्य कार्यक्रम गरी मुख्यमन्त्री शाहीले सरकारी जग्गा जोतेका थिए । आन्तरिक मामिला तथा कानुन मन्त्रालय अगाडी रहेको खाली जग्गामा बाँझो जग्गाा उपयोग गर्ने नाममा मुख्यमन्त्रीले जोतेर मकै रोपेका थिए ।

मुख्यमन्त्रीले ट्याक्टरको सहायताले जोतेका थिए भने अन्य मन्त्रीहरुले मकैको वीउ छर्दै आली, काल्ना, खारीखोर्सी, डल्ला फुटाउने काम गरेका थिए । कर्णाली प्रदेशको सिंगो सरकार लागेर छरेको मकै नटुसाउँदै शुक्रबार हंगामा भएको छ । तराई, भित्रि मधेश, पहडामा बर्षे मकै बैशाख–जेष्ठमा छर्ने गरिन्छ । माटोमा चिसोपन भएमा मकै छरेको केही दिनमै टुसाउँछ, उम्रिन सुरु हुन्छ ।

प्रदेश सभा सदस्यको फेसबुक स्टाटस र वीरेन्द्रनगर नगरपालिकाको विज्ञप्तिले कर्णाली प्रदेशमा हंगामा भएको छ । सुर्खेतबाट प्रदेश सभामा प्रतिनीधित्व गर्ने प्रदेश सभा सदस्य तथा नेकपा कर्णाली प्रदेश सहइन्चार्ज यामलाल कँडेलले सामाजिक सञ्जालमा शुक्रबार मुख्यमन्त्री र मन्त्रीहरुको जोडबलले गरिएको खनजोत र मकै छरिएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेश सांसद कँडेलले लेखेका छन् ‘वीरेन्द्रनगरको गुरुयोजना विपरित, खुलमखुल्ला काम कारवाही भैरहँदा पनि नगर विकास समिति र वीरेन्द्रनगर नगरपालिकाको मौनता देख्दा अचम्म लागिरहेको छ । वीरेन्द्रनगरमा जे गर्न पनि पाउने हो भने सम्बन्धित निकायको के काम ? अरुले नसोचेपनि वीरेन्द्रनगरबासीले समयमा नै सोचौं ।’

प्रदेश सांसद कँडेलको फेसबुक स्टाटस आएको केही घण्टामै वीरेन्द्रनगर नगरपालिकाको कडा विज्ञप्ति जारी गरेको छ । नगरपालिकाले विगतदेखि नै एकिकृत गुरुयोजना तयार भएको र त्यही अनुसार काम गरिरहेकोेमा पूर्व स्वीकृति नलिएर प्रदेश सरकारले गुरुयोजना विपरित काम गरेको भन्दै असन्तुष्टि जनाएको हो । नगरपालिकाका कार्यवाहक नगरप्रमुख मोहनमाया ढकालले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै सडक, खेलकुद, मनोरञ्जन, आवास, एकिकृत बस्ती, बसोबास, सरकारी कार्यालय, औधगिक, कृषि, वन, पार्क, संस्थान आदीका लागि अलग्गै क्षेत्र छुटाएको र प्रदेश सरकारले अन्य प्रयोजनका लागि छुटाएको जग्गामा कृषि खेती गरेका भन्दै असन्तुष्टि जनाएको हो ।

नगरपालिकाको गुरुयोजना विपरित कृषि प्रदेश सरकारले काम गरेको र नगरपालिको स्वरुप बिगारेको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्ति पूर्व स्वीकृति लिएर मात्र यस्ता काम कारवाही अघि बढाउन माग गरिएकोे छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भने कृषि तथा खाद्य सुरक्षाको जोखिम कम गर्न कर्णाली प्रदेश सरकारले बाँझो जमिन अनिवार्य खेती गर्ने नीति लिदैँ बाँझो जमिनमा खेती कार्यक्रम सुरु गरेको र कुनै ठाउँमा बाँझो जमिनमा भएको मन्त्रालयले नै काम अगाडी बढाएको जनाएकोे छ । मन्त्रालयका एक कर्मचारीले हामीले संघीय सरकारको नीति अनुसार नै खाद्य असुरक्षा हुने गरेको कर्णालीमा भोकमरी हुनसक्छ भनेर कार्यक्रम संचालन गरेकोे बताए ।’ उनले भने,‘यो कुनै गुरुयोजनाको स्वरुप बिगार्ने काम हुदैँन् ।

यो पनि पढ्नुहोस :

कर्णालीमा कृषि उत्पादन बढाउन भाषणसंगै बाँझो जमिन जोतेर खेती

मुख्यमन्त्रीले छरेको मकै नटुसाउँदै हंगामा

कर्णालीमा कृषि उत्पादन बढाउन भाषणसंगै बाँझो जमिन

मुख्यमन्त्रीले छरेको मकै नटुसाउँदै हंगामा

सिम्तामा नेपाली काँग्रेसको कोरोना राहत कोषमा सहयोग

Leave a comment

Your email address will not be published. Required fields are marked *