बारकोटका पहिरो पीडितलाई मन्त्री बस्नेतले पु¥याए राहत
बीरबहादुर गिरी
जाजरकोट ३१ असार
अबिरल बर्षासंगै आएको बाढी पहिरोले ठुलो जनधनको क्षति भएको बारेकोटमा संघीय सरकारका वन तथा वाताबरणमन्त्री शक्तिबहादुर बस्नेतले राहत पु¥याएका छन् । पहिरो पीडित र सम्भावित पहिरोको डरले विस्थापित परिवारका लागि मन्त्री बस्नतले राहत पु¥याएका हुन् ।
पहिरो पीडित र विस्थापित परिवारका लागि मन्त्री बस्नेतले प्रभाबित क्षेत्रमा पुगेर राहत बितरण गरेका छन् । नेपाली सेनाको हेलिकप्टर मार्फत बारेकोटमा राहत सामाग्री लिएर मन्त्री आफै बस्नेत पुगेका हुन । जाजरकोटबाट प्रत्यक्ष निर्बाचित प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री बस्नेतसंगै प्रतिनिधिसभा सदय सत्या पहाडी , राष्ट्रिय सभाका सदस्य द्वय माया प्रसाद शर्मा र भैरब सुन्दर श्रेष्ठ पनि घटना स्थल बारेकोट पुगेका हुन । घटना भएकै दिन राहत तथा उद्दारको पहल गरे पनि खराब मौसमका कारण समयमा उद्दार गर्न राहत पुर्याउन नसकिएको मन्त्री बस्नेतको भनाई छ ।
पहिलो चरणमा पहिरो प्रभाबित क्षेत्रको स्थलगत अबलोकन अध्ययन भयो समस्या जटिल छ धेरै घरपारिवार बिस्थापित हुनु भएको छ । अब पिडित र प्रभाबित परिवारका लागि आबश्यक राहत र क्षतिपुर्तिको ब्यबस्था गर्न लागेको छु मन्त्री बस्नेतल भने । म संघिय सरकारको मन्त्री मात्र नभएर यो जिल्लाको जनप्रतिनिधि हुँ जिल्लाका सबै समस्या मेरा समस्या हुन यिनको समाधान गर्नु मेरो कर्तब्य हो त्यो म पुरा गर्छ । बारेकोटको पहिरो र बाडि प्रभाबितलाई राहत र क्षतिपुर्तिको ब्यबस्था गर्न संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तिनै तहको समुन्वयमा भइरहेको मन्त्री बस्नेतले बताए ।
लगातारको बर्षादले बारेकोटमा ठुलो जनधनको क्षति गरको छ । पहिरोमा परेर बारेकोटमा ११ जनाकाो मृत्यु भएको छ । एक जना बेपत्ता छन । त्यस्तै बाढिले बगाएर २ जना बेपत्ता छन । लाखौको धनमाल, पशुचौपाया र बालीनाली नोक्सान भएको छ । गाउँ गाउँमा पहिरो जान थालेपछि बारेकोटका ८ सय बढि घरपरिवार बिस्थापित भएका छन । बिस्थापितहरु अहिले कतिपय सामुदायिक विद्यालयमा बसेका छन । केही बर्षाको झरीमा खुल्ला चौरमा त्रिपालमुनि रात काट्न बाध्य छ ।
त्यस्तै जंगलका ओडरमा समेत बसेका छन । बारेकोटमा संकट आएकोले सबैलाई सहयोग गर्न अपिल गरेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादर शाहले बताए । पहिरो पिडित र प्रभाबित परिावारलाई सुरक्षित बासको ब्यबस्था गर्न निकै कठिन भएको अध्यक्ष शाहको भनाई छ