वडाध्यक्षमाथि बलात्कारको मुद्दा दर्ता

तुलराज पाण्डे ।

कालिकोट ३१ असार ।

कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जगदिश शाहीले बहिनी नातापर्ने किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ। पीडितका आफन्तले मंगलबार प्रहरीमा वडाध्यक्ष विरुद्ध उजुरी दिएका छन् ।

१६ वर्षीया किशोरीले विगत तीन वर्षदेखि वडाध्यक्षले आफूमाथि निरन्तर बलात्कार गरेको बयान प्रहरीसमक्ष दिएकी छिन् । पीडित किशोरीले भनिन् सुरु सुरुमा बहिनी भनेर अँगालो हाल्ने माया गर्ने जस्ता व्यवहार गर्दा मैले दाई जस्तै माने । एक दिन बिद्यालयबाट घर फर्किदै गर्दा घरभित्र लगेर बलात्कार गरे ।’ केही दिन अघि गाउँकै एक किशोरीले पीडित किशोरी माथि शाहीले बलात्कार गरेको देखेपछि घटना बाहिर आएको हो ।

घटना सार्वजनिक भए लगत्तै पीडितका आफन्तले वडाध्यक्ष जगदीश शाहीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् । वडाध्यक्ष जगदीश शाहिले घटना लुकाउन पीडित किशोरीलाई पैसाको प्रलोभन देखाउने गरेका पाईएको छ । वडाध्यक्ष जगदीश शाही साविक नेकपा एमाले र नेपाल कम्युनिस्ट पाटी नेकपाबाट वडाध्यक्ष निर्वाचित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामबाबु ओलियाका अनुसार वडाध्यक्ष जगदीश शाही विरुद्ध मुद्दा दर्ता भएपछि उनी सम्पर्क विहिन भएको डिएसपी श्यामबाबु ओलियाले बताए वडाध्यक्ष जगदीश शाहिको खोजि गरिरहेको पनि बताए ।

वडाध्यक्षमाथि बलात्कारको मुद्दा दर्ता

शिक्षकलाई बेतलबी घरबिदा

वडाध्यक्षमाथि बलात्कारको मुद्दा दर्ता

बारकोटका पहिरो पीडितलाई मन्त्री बस्नेतले पु¥याए राहत

Leave a comment

Your email address will not be published. Required fields are marked *