मास्क नलगाउनेबाट तीस हजार राजश्व संकलन

सल्यान, ३१ असार ।
सल्यानमा मास्क नलगाई हिंड्नेहरूलाई कारवाही गर्दा साढे ३० हजार बढी राजश्व संकलन भएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाका अनुसार तीन दिनको अवधिमा ३० हजार ६ सय राजश्व संकलन भएको हो । सोमवार मात्रै १० हजार २ सय राजश्व संकलन भएको डिएसपी खतिवडाले जानकारी दिएका छन् ।

सोमबार जिल्लाको श्रीनगरमा बीस जना, लुहामा बीस जना, कपुरकोटमा दश जना , खलंगामा ४१ जना, लान्ती बजारमा ११ जना कारवाही परेका हुन् । प्रहरीले मास्क नलगाएको फेला पारे प्रत्येक व्यक्तिवाट एक सय रूपैयाँ जरिवाना तिराउँदै आएको छ ।






