यार्सागुम्बा जोखिमको सूचीमा

हुम्ला, ३१ असार ।

अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसीएन) ले यार्सागुम्बालाई लोप हुने अवस्थामा रहेको उच्च जोखिम सूचीमा सूचीकृत गरेको छ । हिमालयन भियग्राका नामबाट प्रख्यात यार्सागुम्बा विश्वकै महंगो ढुसी हो ।

आइयुसीएनले संसारभर रहेका जीवजन्तु र वनस्पतिहरुलाई विभिन्न नौ समूहमा वर्गीकरण गरी गिरावटको दर, जनसंख्याको आकार, भौगोलिक वितरणको क्षेत्र र जनसंख्या तथा वितरण खण्डको डिग्रीद्वारा रेड लिस्टमा राख्नेगर्छ । जुन नौ तारिखमा सार्वजनिक गरिएको रातो सूचीमा कामोत्तेजक र कायाकल्प गुण हुने यार्सागुम्बालाई पनि समावेश गरिएको छ। अत्यधिक संकलनका कारण बितेका १५ वर्षमा यार्सागुम्बाको प्राकृतिक उपलब्धता ३० प्रतिशतले घटेको आइयुसीएनले जनाएको छ ।

झुसिलकीरा र झ्याउको संयुक्त स्वरुपमा रहने यार्सागुम्बा नेपाल, भारत, चीन र भुटानमा रहेका हिमालय क्षेत्रमा पाइन्छ । आइयुसीएनले यार्सागुम्बालाई जोखिमको सूचीमा राखेसँगै अब यसको संकलन र बिक्रीबाट अर्थोपार्जन र जीविकोपाजर्न गरिरहेका हिमालय क्षेत्रमा बासिन्दाहरुलाई समस्या पर्ने देखिएको छ । नेपालमा संकलन हुने यार्सागुम्बालाई चिनियाँहरुले गुणस्तरका आधारमा प्रतिकिलो ५० लाख रुपैयाँसम्म तिरेर खरिद गर्ने गरेको व्यापारीहरु बताउँछन् ।

यार्सागुम्बा जोखिमको सूचीमा

जुम्लामा सलह देखिएपछि प्रतिकार्य योजना बन्दै

यार्सागुम्बा जोखिमको सूचीमा

मास्क नलगाउनेबाट तीस हजार राजश्व संकलन

Leave a comment

Your email address will not be published. Required fields are marked *