प्रहरीले कुटपिट गर्दा कोरोना संक्रमित गम्भीर घाइते

सुर्खेत, ३० असार ।

कोरोना संक्रमित एक व्यक्तिलाई प्रहरीले कुटपिट गरेको छ। पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित बागेश्वरी माविको क्वारेन्टिनमा राखिएका सोही गाउँपालिका–८ का युवकलाई प्रहरीले कुटपिट गरेको हो।

भारतबाट आएर दुई सातादेखि क्वारेन्टिनमा रहेका युवक सोमबारसँगै बसेका साथीहरुसँगै घर जान खोज्दा इलाका प्रहरी कार्यालय बादेपिपलका प्रहरी सहायक निरीक्षक विजय पुनले कुटपिट गरेका थिए। पुनको कुटाइबाट युवक गम्भीर घाइते छन्। उनको शरीरभरी निलडाम छ। प्रहरीको कुटाईबाट पीडित युवकले आफ्नो हात भाँचिएको बताएका छन्। आफन्तले उपचारका लागि अस्पताल लैजना माग गरेपनि स्थानीय तहलेसमेत वेवस्ता गरेर घटनालाई गुपचुप राखेको छ। गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीकै उपस्थितिमा पीडित परिवार र प्रहरीबीच ‘कोरोना सन्चो भएपछि’ उपचार गर्ने सहमति गराइएको छ।

गाउँपालिका अध्यक्ष केसीले दुई सातादेखि क्वारेन्टिनमा रहेका युवकको सोमबार पोलिमेरीज चेन रियाक्सन (पीसीआर) परीक्षण गर्दा कोरोना देखिएको बताए। भारतबाट संगै आएका उनका साथीहरुमा कोरोना देखिएन्। उनी साथीहरुसँगै घर जान खोज्दा क्वारेन्टिन सुरक्षामा अटिएका असई पुनले कुटपिट गरेका थिए। ‘शरीरका विभिन्न ठाउँमा चोट देखिन्छ,’ गाउँपालिका अध्यक्ष केसीले भने, ‘तपाईले सुनेजस्तो अवस्था गम्भीर भने छैन्।’

इलाका प्रहरी कार्यालय बादेपिपलका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक नरबहादुर क्षेत्री गाउँपालिका अध्यक्षको उपस्थितिमा पीडित परिवारसँग संझौता भइसकेको बताए । ‘कोरोना पोजेटिभ व्यक्तिलाई उपचार गराउनका लागि बाहिर लिन अहिले संभव नभएकाले सामान्य उपचार गरेर आइसोलेसनमा राखेका छौं,’ उनले भने, ‘कोरोना सन्चो भएपछि उपचार गरिदिने गरेर पीडित वरिवारसँग सहमति भइसकेको छ।’ उनले क्वारेन्टिनमै मदिरा सेवन गरेर भाग्न खोजेपछि प्रहरीले लाठीले हानेको बताए ।

‘कुटाई खाएका व्यक्तिलाई हिजोको तुलनामा आज केही निको (सन्चो) भएको छ,’ उनले भने, ‘गाउँपालिका अध्यक्ष, वडाध्यक्षको रोहवरमा पीडित परिवार र प्रहरीबीच संझौता भइसकेको छ, यो कुरालाई बाहिर नल्याउनु होला।’

इलाका प्रहरी कार्यालयले कोरोना संक्रमित व्यक्तिलाई असई पुनले कुटपिट गरेको पुष्टि गरेपनि जिल्ला प्रहरी कार्यालयले भने कुटपिटनै नभएको दावी गरेको छ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रामकुमार घर्तीले कोरोना संक्रमित व्यक्ति घर जान खोज्दा सम्झाएर आइसोलेसनमा राखिएको बताए। ‘कुटपिट भएकै छैन्,’ उनले भने, सम्झाएर आइसोलेसनमा मात्रै राखेका छौं ।’

(नागरिक दैनिकबाट साभार)

प्रहरीले कुटपिट गर्दा कोरोना संक्रमित गम्भीर घाइते

सहकारी विकास बोर्डको सदस्यमा कर्णालीबाट रावत मनोनित

प्रहरीले कुटपिट गर्दा कोरोना संक्रमित गम्भीर घाइते

लालपुर्जा विनाको जग्गा

Leave a comment

Your email address will not be published. Required fields are marked *