सुर्खेतमा चाप बढेपछि सल्यानबाट स्वाब हेटौंडा पठाइयो

सल्यान, ३१ जेष्ठ ।
शारदा नगरपालिकाका १ सय ८ जनाको स्वाब हेटौंडा पठाइएको छ। प्रदेश अस्पताल सुर्खेतमा अत्यधिक चाप बढेसँगै हेटौंडा पठाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा बसिरहेका नागरिकको स्वाब संकलन गरी हेटौंडा पठाइएको नगरपालिकाका मेयर सुरेश अधिकारीले बताए ।
यसअघि पनि नगरपालिकाले २ सय ४२ जनाको स्वाब चितवन पठाएको थियो ।

दुई चरणमा पठाएका स्वाबको रिपोर्ट नेगेटिभ आएको उनको भनाई छ । नगरपालिकाले भारतबाट आएका सबैलाई सीधै क्वारेन्टाइनमा राख्दै आइरहेको छ । स्वास्थ्य कार्यालय सल्यानका अनुसार शुक्रबारसम्म जिल्लामा ३ हजार ५ सय ८३ जनाको स्वाब संकलन गरिएको छ । जसमा १ हजार १ सय ९१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ३६ जनामा कोरोना पुष्टि भएको छ ।

सुर्खेतमा चाप बढेपछि सल्यानबाट स्वाब हेटौंडा पठाइयो

रुकुम घटना : ‘नवराज हिँड्नुभन्दा पहिले नै

सुर्खेतमा चाप बढेपछि सल्यानबाट स्वाब हेटौंडा पठाइयो

स्वास्थ्यकर्मीको सुझाव : यौन सम्पर्क गर्दा मास्क

Leave a comment

Your email address will not be published. Required fields are marked *