तुषारो र खडेरीको मारमा स्याउ किसान

जुम्ला, २७ असोज ।

कालो तुषारो र खडेरी पर्ने समस्या वर्षेनी दोहोरिएपछि जुम्लामा स्याउ उत्पादन गर्ने किसान मर्कामा परेका छन्। यो वर्ष पनि पूरानै समस्या देखिँदा गत वर्षको तुलनामा आधा परिमाणमा मात्रै स्याउ उत्पादन गर्न सकिएको किसानहरू बताउँछन् ।

व्यवसायिक रूपमै स्याउ खेतीमा लागेपनि वर्षेनी यो समस्या दोहोरिँदा लागत र श्रमकै मूल्य नउठेको उनीहरूले बताएका छन्।जिल्लाका अगुवा किसान रामकृष्ण बुढ्थापाले स्याउ खेतीमा हरेक वर्ष यो समस्या देखिएकाले सम्बन्धित निकायबाट अनुसन्धान हुनुपर्ने बताए ।

साथै, किसानहरूलाई क्षतिपूर्ति उपलब्ध गराउनेतर्फ सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ । बालीनालीमा लाग्ने रोगकीराबारे किसानलाई थाहा नहुने र कृषि प्राविधिकहरूले गम्भीरता नदेखाउँदा यहाँका किसानहरू पीडित बनेका हुन् । यसपटक पनि प्राविधिकहरूले कालो तुषारोका कारण स्याउ उत्पादन घटेको जानकारी किसानहरूलाई दिएका छन् । दाना लाग्ने समयमा तुषारो परेकाले उत्पादनमा ५० प्रतिशतसम्म ह्रास आएको छ । कालो तुषारो लागेपछि बोटमै दाना कम लाग्ने गर्छ । स्याउ सुपरजोन घोषणा गरिएको यस क्षेत्रमा सरकारले कार्यालय नै खोलेको छ। अबदेखि कार्यालयले नै स्याउ किसानका समस्या समाधानतर्फ काम थाल्ने बताइएको छ ।

तुषारो र खडेरीको मारमा स्याउ किसान

भोकमरी लागेपछि चामल खोज्न चार दिन पैदल

तुषारो र खडेरीको मारमा स्याउ किसान

डाक्टर साहेव

Leave a comment

Your email address will not be published. Required fields are marked *