५७ स्थानीय तहमा कोपिला भ्यालीको सहयोग
सुर्खेत, २९ जेष्ठ ।
कर्णाली प्रदेशका ५७ वटा स्थानीय तहहरुमा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । कोपिला भ्याली सेवा समाज सुर्खेतले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा सहयोग पुग्ने गरी लाखौं मुल्य बराबरको स्वास्थ्य सामाग्री राहत वितरण गरेको हो ।
अमेरिकी नागरिक म्यागी डोयनको संस्था विलिंक नाव संस्थाले सुर्खेतमा रहेको कोपिला भ्याली सेवा समाजमार्फत राहत सामाग्री कर्णालीका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखहरुलाई हस्तान्तरण गरिएको छ । कर्णाली प्रदेशका ७९ वटा स्थानीय तह मध्ये ५७ वटा स्थानीय तहहरुलाई स्वास्थ्य सामाग्री राहत हस्तान्तरण गरिएको छ भने बाकि रहेका स्थानीय तहहरुमा राहत सामाग्री जाने तयारीमा रहेकोछ ।
५५८ वटा क्वारेन्टाइनलाई अर्थात ५५८ क्वारेन्टाइनमा रहेका ३०३६१ जना नागरिक हरुका लागि स्वास्थ्य राहत सामाग्री उपलब्ध गरिएको छ । त्यस्तै प्रत्येक क्वारेन्टाइन लाई २÷३ बोराका दरले चामल र १÷२ सेटका दरले पिपिइ र पानी खाने बाल्टिन र ओच्छ्याउने डसना र प्रत्येक स्थानीय तहलाई १–१ रोल पि–फर्म लगायतका राहत सामाग्री सम्बन्धित स्थानीय तहहरुलाई हस्तान्तरण गरिएको कोपिला भ्याली सेवामा समाजका अध्यक्ष टोप बहादुर मल्लले जानकारी दिए ।