नेकपा मन्त्रीकाे बदमासी : स्वकियको नियुक्ती राप्रपा कार्यकर्ता हुँदै

सुर्खेत, २३ असोज ।
राजनीतिक नियुक्तिसंगै सरकारी संयन्त्रमा विचौलीयाको घुसपैठ कसरी हुन्छ ? जवाफ खोज्न धेरै टाढा जानुपर्दैन । कर्णाली प्रदेश सरकारका एक मन्त्रीको स्वकिय सचिव नियुक्ति प्रक्रिया, पात्रको विगत र वर्तमान विश्लेषण गरे पुग्छ । कर्णाली प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले राष्ट्रिय प्रजातन्त्र पार्टी युवा संगठनका केन्द्रीय सदस्य मनिष गहतराजलाई आफ्नो स्वकिय सचिवमा नियुक्ति गरेपछि रहस्य सार्वजनिक भएको हो । स्वकियकाे नियुक्ति हात पार्न कै लागि केही दिन अगाडि मात्रै उनी नेकपा प्रवेश गरेकाे घाेषणा गरेका थिए ।

नेकपा भित्र लामो समयदेखि विद्यार्थी, युवाको राजतिनीमा सक्रिय नेता, कार्यकर्ताहरुले उक्त अवसर नपाएपछि नेकपाभित्र आक्रोश छताछुल्ल भएको छ । नेकपा पार्टी प्रवेश गर्नुभन्दा पहिलेदेखि सेवा, सुविधा पाउने गरी एकाएक स्वकिय सचिव नियुक्ति दिइएपछि विवाद उत्पन्न भएको हो । राप्रपा विद्यार्थी स‌गठनकाे नेता हुँदै उनले मन्त्रीलाइ विभिन्न प्रलाेभनमा पार्दै अाएकाे स्राेतले जानकारी दिएकाे छ । मन्त्रालय र मातहत जिल्ला कार्यालयहरुबाट पूर्वाधार निर्माण, मर्मत, भिडियाे डकुप्मेन्टीकाे काम विगतदेखि गर्दै अाएका थिए । मन्त्री बुढा अार्थिक प्रलाेभनमा परेर स्वकियमा मनिसलाइ नै गर्न बाध्य भएकाे स्राेतकाे दावी छ ।

आफनो पार्टी र आफ्नो सरकार हुँदा त्यसबाट दिइने नियुक्ती, पाउने सेवा, सुविधामा क्षणिक अवसरबादीहरुलाई मात्रै छानिछानि नियुक्ति दिने हो भने सोझा–साझा, इमान्दार कार्यकर्ताले किन दुःख गर्ने भन्दै एक कार्यकर्ताले प्रश्न गरेका छन् ।

राप्रपा नेपाल विद्यार्थी संगठनका केन्द्रीय सदस्य रहँदै २०७७ साउन ६ गतेदेखि लागु हुनेगरी स्वकिय सचिवमा नियुक्ति दिइएको छ । २०७७ साउनदेखि नियुक्ति पत्र पाएका मनिस २०७७ असोज १० गते मात्रै नेकपा प्रवेश गरेका थिए । राप्रपा नेपालका कार्यकर्ता, निर्माण व्यवसायी तथा सुनचाँदी व्यवसायी समेत रहेका मनिस पार्टी प्रवेश गर्नु अगाडीनै स्वकियको नियुक्ति, सेवा सुविधा पाएको तथ्य बाहिरिएको हो ।

स्वकीय सचिवलाई साउनदेखि लागु हुने गरी नियुक्ती पत्र थमाएको छ । पत्र संख्या ०७७/०७८ चलानी नम्बर १२ को पत्र अनुसार केहि दिन अघि मात्रै राप्रपाबाट नेकपामा प्रवेश गरेका लुम्बिनि प्रदेशकाे पाल्पा स्थायी ठेगाना भइ हाल वीरेन्द्रनगर वडा नं. ३ बस्ने मनिस गहतराजलाई स्वकीय सचिवालयको रा.प. तृतीय श्रेणी स्वकीय सचिव पदमा नियुक्ति दिइएको मन्त्रीबुढाका निजी सचिव एवम मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाद्धारा हस्ताक्षरित नियुक्ती पत्रमा उल्लेख गरिएको छ ।

सचिव रोकायाले असोज १९ गते नै हस्ताक्षर गरेर नियुक्ती पत्र उनलाई दिएका हुन । पत्रमा २०७७ साउन ६ गते देखि तलब खाने गरी नियुक्ती दिइएको हो । कम्तिमा मन्त्री ज्यूको सचिवालयमा नियुक्ती भएको दिनदेखि नै सेवा सुविधा दिनु पर्ने थियो । मन्त्रालय श्रोतले भन्यो, यसरी नियुक्ती दिँदा राम्रो सन्देश जाँदैन भनेर भनेका थियौं तर साउनदेखि नै उनलाई नियुक्ति दिइएको छ । उनी असोजमा नियुक्त भएका भएपनि दुइ महिना भन्दा बढिको तलब कामै नगरी खान पाउने भएका छन् । कर्णालीको अवस्था हेर्दा यसरी कामै नगरेको अवधीको समेत सेवा सुविधा दिनु भ्रष्टाचार नै हो ।

को हुन मनिष ?
राष्ट्रिय प्रजातन्त्र पाटीको विद्यार्थी संगठनका केन्द्रीय सदस्य मनिष गहतराजलाई असोज १० गते नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज यामलाल कंडेलले पार्टी प्रवेश गराएका थिए । उनी ठेका पट्टाको काम गर्दै आइरहेका छन् । नेकपा श्रोतका अनुसार गहतराज विगत एक वर्षदेखि पार्टीको सम्पर्कमा रहिरहेका थिए ।

मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले साउन ६ गते देखि नै लागु हुने गरी नियुक्ति दिइएको बताए । उहाँले पहिले देखि नै स्वकीय सचिव बन्नका लागि प्रयास गर्नु भएको थियो । त्यहि आधारमा उनलाई सो नियुक्ति दिइएको हो । अन्य म्याद थप्ने कर्मचारीहरुको पनि यसरी नै नियुक्ति दिइएको छ । उनले भने, सुरुको स्केल अनुसार उहाँले तीस हजार पाँच सय तलब पाउनु हुनेछ । उनलाई शाखा अधिकृत सरहको नियुक्ति दिइएको हो ।

तपाईको प्रतिक्रिया