बैठकमा जाँदै गर्दा वडाअध्यक्ष जीप दुर्घटना

प्रचण्ड खत्री
रुकुम पश्चिम, २२ असोज ।
जिल्ला समन्वय समितिको बार्षिक समीक्षा कार्यक्रममा सहभागी हुन जाजरकोट आउँदै गर्दा जुनिचाँदे गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष अमर बहादुर शाहीको निधन भएको छ । उनी स्थानीय तहको निर्वाचनमा नेकपा पार्टीबाट निर्वाचित हुनुभएको थियो ।

जुनिचाँदे गाउँपालिका जाजरकोट जिल्लाको अति दुर्गम गाउँपालिकाको रुपमा पर्छ । त्यस गाउँपालिकामा अहिलेसम्म बाटो मर्मतमा स्थानीय तहले चासो नदिँदा दुर्घटना भएको बताएको छ ।

त्यस्तै दुर्घटनामा परी नेकपाका नेता तथा प्रदेश सल्लाकार परिषद् सदस्य तथा पूर्व जिविस सदस्य कृति बहादुर शाही, अहेब खेमराज शाही, अहेब कृष्ण बहादुर शाही, लाल बहादुर बुढा, मालिका बस्नेतसहित ६ जनाको घटना स्थलमा निधन भएको जिल्ला प्रहरी कार्यालय जाजरकोट जनाएको छ ।

दुर्घटनामा घाईते हुनुभएका नर बहादुर बुढाको सुर्खेतको देउती अस्पतालमा उपचार भैरहेको जनाएको छ । बाटो साघुरो र बडी खाल्डा खुल्डी भएका कारणले दुर्घटना भएको हुन सक्ने बताएको छ ।

बैठकमा जाँदै गर्दा वडाअध्यक्ष जीप दुर्घटना

सुर्खेतकी ८२ वर्षिय कोरोना पोजेटिभ महिलाको मृत्यु

बैठकमा जाँदै गर्दा वडाअध्यक्ष जीप दुर्घटना

डेढ करोड लगानीमा विद्यालय भवन निर्माण

Leave a comment

Your email address will not be published. Required fields are marked *