सुर्खेतमा नागरिकता वितरण र सिफारिस बन्द

सुर्खेत, २३ साउन ।
सुर्खेतमा नागरिकता वितरण बन्द गरिएको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण लगायतका सेवा बन्द गर्ने निर्णय गरेको हो । प्रशासनले बिहीवार सुचना निकालेर अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गरिएको जनाएको छ । साउन २५ गतेदेखि लागु हुनेगरी अत्यावश्यक सेवा बाहेक मालपोत, जिल्ला प्रशासनका सेवा प्रवाह केही दिनका लागि बन्द गरिने भएको छ ।

प्रशासनका अनुसार आइतबारदेखि ति सेवाहरु बन्द हुनेछन् । जिल्ला प्रशासन कार्यालयका अनुसार नागरिकता, राहदानीको सिफारिस, संघसंस्था दर्ता र नविकरण तथा अन्य सिफारिस सेवा पनि बन्द गरिएको हो । जिल्लामा कोरोनाको संक्रमण दर बढेकाले अर्को सूचना प्रकाशित नभए सम्मका लागि यी सेवाहरु बन्द गरिएको सूचनामा उल्लेख छ ।

यसअघि साउन २० गतेको जिल्ला स्तरीय विपद् व्यवस्थापन केन्द्रको बैठक बसेको थियो । बैठकले मानिसहरु जमघट हुने, सभा गोष्ठी, तालिम जात्रा तथा महोत्सवहरुमा रोक लगाउने निर्णय गरेको थियो । तर सरकारी सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीहरुको अत्यधिक भीड बढ्दा कोरोना संक्रमणको जोखिम बढी हुने भएकोले अर्को निर्णय नहुँदासम्मका लागि सेवा बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ ।

सुर्खेतमा नागरिकता वितरण र सिफारिस बन्द

पेट्रोलमा पानी मिसाउँदै बेच्दै गरेपछि‍ …

सुर्खेतमा नागरिकता वितरण र सिफारिस बन्द

विप्लव समूहका जिल्ला सेक्रेटरीसहित चारजना पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds