विप्लव समूहका जिल्ला सेक्रेटरीसहित चारजना पक्राउ

रुकुम पश्चिम, २३ साउन ।
रुकुम पश्चिम प्रहरीले विप्लव समूहका जिल्ला सेक्रेटरीसहित चारजना पक्राउ परेका छन् । लुकुछिपी विभिन्न गतिविधि गरिरहेको विशेष सूचनाका आधारमा जिल्ला सेक्रेटरी मुसीकोट नगरपालिका–६ घर भएका विप्लव समूहका जिल्ला सेक्रेटरी ३९ वर्षीय हिरामणी रावलसहित अन्य तीनजनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्लाको आठविसकोट नगरपलिका–९ राडीबजारमा लुकिछिपी विभिन्न गतिविधि गरिरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, डिएसपी ठगबहादुर केसीले जानकारी दिए । पक्राउ पर्नेहरुमा जिल्ला कमिटी सदस्य त्रिवेणी गाउँपालिकाका २० वर्षीय घमण्ड महर, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष १९ वर्षीय प्रेमप्रशान्त बोहरा, विप्लवका कार्यकर्ता २० वर्षीय तुलबहादुर घर्ती रहेको उनले जनाए ।






