पेट्रोलमा पानी मिसाउँदै बेच्दै गरेपछि‍ …

सुर्खेत, २२ साउन ।
पेट्रोल र डिजेलमा पानी मिसाउँदै बेच्दै गरेको रहस्य खुलेको छ । भेरीगंगा नगरपालिका वडा नं. १२ छिन्चु बजारमा रहेको खत्री आयल स्टोर छिन्चुले पेट्रोल र डिजेलमा पानी लगायत अन्य तरल पदार्थ मिसावट गरेर विक्रि गरेको रहस्य खुलेको हो । गाडी, अटो, मोटरसाइकलमा इन्धन प्रयोगकर्ताहरु ९ जनाले सामूहिक रुपमा इलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गरेपछि इन्धनमा मिसावट भएको रहस्य खुलेको छ ।

पटक/पटक कारवाहीमा पर्दै आएको खत्री आयल स्टोरले मिसावटयुक्त इन्धन विक्रि गरेपछि त्यहाँबाट तेल हालेका सवारी साधानहरु विग्रिने गरेको गुनासो छ । ‘खत्री आयल स्टोरबाट तेल हालेपछि इन्जिनमा समस्या आयो । तेल खाली गरेर सर्भिसिङ गर्नुप¥यो’ एक उपभोक्ताले बताए ।

खत्री आयल स्टोर छिन्चुले पेट्रोलियम पदार्थमा मिसावट गरि विक्री वितरण गरेको भेटिएको छ । भेरीगंगा रामघाटका एक अटो रिक्सा चालकले आफुहरुले गाडीमा तेल हाले पश्चात केहि समयपछी गाडी चल्न छोडेको र तेल निकालेर हेर्दा तेलमा पानी मिसिएको भेटिएको बताए ।

बुधवारका दिन उक्त पेट्रोल पम्पबाट पेट्रोल हालेका सबै गाडी तथा मोटरसाईकलहरुमा समस्या आएपछी आफुहरुले ईलाका प्रहरी कार्यालय छिन्चुमा निवेदन दिएको बताए । अहिले उक्त आयल स्टोरबाट तेल हालेका गाडीहरु मर्मतका लागी ग्यारेजमा राख्नु परेको देखेसो छ ।  ईलाका प्रहरी कार्यालय छिन्चुका पहरी निरिक्षक माधव चौधरीले जिल्ला प्रशासन कार्यालयमा यस विषयमा जानकारी गराएको बताए । खत्री आयल स्टोरका संचालक गोरख खत्रीले पेट्रोलमा पानी परेको स्वीकार गरेका छन् ।

पेट्रोल भण्डारण गरिएको ट्यांकी सफा नगरेको केहि बर्ष भएकाले गर्दा यस्तो समस्या आएको उनले बताए । यता जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी भिकाकान्त पौडेलले उक्त विषयमा आफुलाई जानकारी आएको र पेट्रोलको नमुना माग गरिएको यदि मिसावट गरिएको भेटिएमा उक्त आयल स्टोरलाई कारवाही गर्ने बताए ।

पेट्रोलमा पानी मिसाउँदै बेच्दै गरेपछि‍ …

मिर्गाैला पिडित पत्रकारलाई युगआव्हानको सहयोग

पेट्रोलमा पानी मिसाउँदै बेच्दै गरेपछि‍ …

सुर्खेतमा नागरिकता वितरण र सिफारिस बन्द

Leave a comment

Your email address will not be published. Required fields are marked *