चौरजहारी घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौं, २६ जेष्ठ ।
रुकुम घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाको सत्य तथ्य उजागर गर्न तथा घटनाका आरोपितलाई कानुनी दायरामा ल्याउन इन्सेकले माग गरेको छ । घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले जेठ २६ गते यस्तो माग गरेको हो ।

इन्सेकले सो प्रतिवेदन जेठ २६ गते नै संसदको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल तथा राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त गोविन्द शर्मा पौड्याललाई बुझाएको छ ।इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठ नेतृत्वको टोली संसद भवन नयाँ बानेश्वर तथा मानव अधिकार आयोगको कार्यालय हरिहरभवन पुगेर सो प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाउँदै अध्यक्ष श्रेष्ठले घटनाको सत्यतथ्य उजागर गरी दोषीलाई कानुनी कारबाहीको माग गर्नु भयो ।

प्रतिवेदन बुझ्दै सभापति पोखरेलले यस्तो जघन्य घटनामा दोषीलाई पहिचान गरेर कारबाहीको दायरामा ल्याउन आफू र मानव अधिकार समितिले कुनै कसर बाँकी नराख्ने बताउनु भयो । उहाँले भन्नु भयो–‘त्रुटिपूर्ण सामाजिक मान्यताको अन्त्य नभएसम्म यस्ता घटना भइरहने हुँदा त्यस्ता मान्यताको जरोमुलो उखेल्नु पर्छ ।’ इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले थातथलोमा नै पुगेर तयार पारिएको प्रतिवेदनले आयोगको कामलाई सहयोग पुग्ने अपेक्षा रहेको बताउनुभयो । आयोगका सदस्य पौड्यालले मानव अधिकार उल्लंघनका घटनामा पनि इन्सेकको अध्ययनलाई सन्दर्भ सामग्रीका रूपमा लिने गरेको बताउँदै यो प्रतिवेदनले पनि आयोगको काममा सहयोग पुग्ने उल्लेख गर्नु भयो ।

प्रतिवेदनमा उल्लेख गरिएका तथ्यहरू
कथित माथिल्लो जातिकी किशोरी र कथित दलित किशोरबीचको प्रेमसम्बन्ध अन्ततः हत्या जस्तो गम्भीर अपराधका रूपमा परिणत भएको छ ।
स्थानीयहरूले घरेलु हातहतियारसहित (हँसिया, कुटो र दाउरा) लखटेको र भेरी नदीको किनारमा पु¥याई ती हतियार प्रयोग गरी आक्रमण गरेका थिए ।
स्थानीयको कुटपिटबाट मृत्यु भएका युवाहरूको शव विभिन्न मितिमा भेरी नदीमा मृत अवस्थामा फेला प¥यो ।
भेरी नदीमा फेला परेका शवको प्रकृति हेर्दा पेट नफुलेको, पानी नखाएको, शरीर नसुन्निएको अवस्थामा थिए ।
घटनामा दोहोरो भिडन्त वा प्रतिकार भएको थिएन । घटनामा संलग्न कुनै पनि स्थानीयलाई चोटपटक लागेको वा घाइते भएको पाइएन ।
घटना शुरु भएको आधा घण्टापछि घटनास्थल पुगेको प्रहरीले १२ जनालाई उद्धार गरेको थियो । उद्धार गरेका सबै जनाको चौरजहारी मिसन अस्पतालमा उपचार गराई अभिभावको जिम्मा लगाएको पाइयो ।

अध्ययन प्रतिवेदन यहाँ क्लिक गरेर पढ्नुहाेस 

तपाईको प्रतिक्रिया