अनेरास्ववियूको एकता तथा सपथ ग्रहण

रुकुमपश्चिम, २० असोज ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको एकता तथा सपथ ग्रहण टुङगीएको छ । तत्कालीन अनेरास्ववियु र अखिल क्रान्तिकारी मिलेर बनेको अनेरास्ववियु बाँफिकोट गाऊँपालिकाको एकता आज टुङगीएको हो ।

किरण विश्वकर्माको सँयोजकत्वमा र राम बहादुर ओलीको सह–सँयोजकमा ३५ सदस्यीय कमिट चयन गरिएको छ । जसको इन्चार्जमा खुमराज ओली रहनु भएको छ भने नाराण केसी विशेष इन्चार्ज चयन भएका छन् ।

अनेरास्ववियु गाउँ कमिटिका पदाधिकारीहरुले आजै सपथ ग्रहण पनि गरेका छन । केन्द्रीय अनेरास्ववियुका सदस्य सुन्दर शर्माले संयोजक, सहसंयोजक, इन्चार्ज तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । केन्द्रीय सदस्य शर्माको प्रमुख उपस्थिती रहेको कार्यक्रममा केन्द्रीय अनुशासन समितिका सदस्य तुल देबकोटाको विशेष उपस्थिती रहेको थियो ।

यस्तै कार्यक्रममा नेकपा क्षेत्र नम्बर १ का इन्चार्ज महेन्द्र केसी पारसमनी, नेकपा बाँफिकोट गाउँपालिका इन्चार्च इनदीरा विएम, नेकपा गाउँ कमिटि अध्यक्ष कविराम खत्री, गाउँपालिका अध्यक्ष धर्म बहाुदर केसी लगाएतको पनि उस्थिती रहेको थियो ।।

अनेरास्ववियूको एकता तथा सपथ ग्रहण

खुला दिसामुक्त घोषणापछि कर्णाली, कार्यान्वयनमा अलमल पानी

अनेरास्ववियूको एकता तथा सपथ ग्रहण

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकमाथि रड प्रहार

Leave a comment

Your email address will not be published. Required fields are marked *