कोरोनामा सरकार गैरजिम्मेवार : काँग्रेस कालीकोट

तुलराज पाण्डे
कालीकोट, २१ जेष्ठ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को रोकथाम गर्न सरकारले तदारुकता देखाउन नसकेको गैरजिम्मेवार बनेको नेपाली काँग्रेस कालीकोटले आरोप लगाएको छ । देशभर कोरोना भाइरसको संक्रमणबाट ९ जनाको निधन भईसकेपनि सरकार गम्भिर हुन नसकेको काँग्रेसको आरोप छ ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति कालिकोटका कार्यालय सचिव हरिश बोगटीले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ कोरोनाबाट बच्नका लागि आफु सुरक्षित रहर्दै समुदायलाई सुरक्षित बनाउन लककडाउनलाई अनुसाशित रुपमा नगरेको, पिसिआर विधिबाट स्वास्थ्य परिक्षणलाई व्यापकरुपमा बढाउन स्वास्थ्इ सामागी प्रयाप्त मात्रामा ल्याउन, क्वारेन्टाईनलाई मापदण्ड अनुरुप प्रयाप्त बनाउन, आइसोलेसन वाडको संख्या बृद्धि गर्न, आवश्यक भेन्टिलेटरको संख्या बढाउन नेपाली काँग्रेसले बारम्बार प्रदेश सरकार स्थानीय सरकारको ध्यान केन्द्रीत गरिरहेको भएपनि तिनै तहका सरकारले बेवास्ता गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, कालीकोट जिल्लाका सवै स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाईन व्यवस्थित गर्न, शुद्ध खानेपानी, सुरक्षित वास, गुणस्तरीय खानपिन, क्वारेन्टाईनमा भएका नागरिकको कोरोना जाँच मजदुरी गरेर जिवीकोपार्जन गर्ने नागरिकलाई राहतको व्यवस्था मिलाउन प्रेस विज्ञप्तीमार्फत सम्बन्धित निकाएको ध्यानाकर्षण गराएको छ ।

कोरोनामा सरकार गैरजिम्मेवार : काँग्रेस कालीकोट

भैरवीका निमित्त प्रमुख प्रशासकिय अधिकृतमाथी आक्रमण

कोरोनामा सरकार गैरजिम्मेवार : काँग्रेस कालीकोट

विद्यापुरको क्वारेन्टाइनमा एक युवाको संकास्पद मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *