उपभोक्तासँग घुसखाने इन्जिनियरसहित तीन पक्राउ

कृष्णप्रसाद अधिकारी
दैलेख, १७ असार ।
उपभोक्ता समितिसँग पैसाको बार्गेनिङ गर्ने खानेपानीको इन्जिनियरसहित तीन कर्मचारी पक्राउ परेका छन् । आर्थिक बर्ष सकिनै लाग्दा दैलेखमा योजनाको भुक्तानीमा कर्मचारीले योजनाको अनुगमन नगरी कार्यालयबाटै काम गर्ने र उपभोक्ता समितिबाट कमिसन खान लाग्दा मङ्गलवार उनीहरूलाई अख्तियार अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

आर्थिक वर्षको अन्त्यमा काम नै नगरी कमिसनको आधारमा भुक्तानी दिने प्रवृत्ति अनेत्र जस्तै दैलेखमा सम्मते हाबी भएको छ । विभिन्न उपभोक्ता समितिहरू फलानो कार्यालयको हाकिम तथा लेखाले आफूहरूलाई कमिसनको आसमा दुःख दिने गरेको गुनासो आइरहेको बेला दैलेखमा कमिसन खान खोज्ने तिन जनलाई गरिएको छ ।

दैलेखमा कमिसनको खेल चलेको भन्दै अख्तियारले विशेष निगरानी बढाएको छ । उपभोक्ता समितिलाई कमिसन नदिएको भन्दै तिन दिन सम्म तयारी भएको चेक नदिँदा उपभोक्ता समितिले बरु तपाइहरूलाई कति कमिसन चाहियो लैजानुहोस । चेक दिनुहोस भनेपछि बार्गेनिङ भएको देखिन्छ ।

असारको अन्त्यमा त्यही योजनाका कारण बजारमा कहिदिन बस्ने भनेपछि बार्गेनिङ गर्दे ३० हजार दिनुहोस । चेक लैजानुहोस भनेको अडियो रेकर्ड भेटिएको छ । लकडाउनको समयमा पनि सबैले काम गरेका छन् तपाइहरुलाले टे«नबाट निर्माण सामाग्री ल्याएर काम गर्नु त भएको होइन, भन्दै कार्यालय प्राविधिकले ‘चाख्ला मलुका सिँचाई योजना कट्टी’ आफ्नो भिनाजु नाता पर्नेबाट समेत १० हजार लिएको र तपाइहरू त मेरोलागि को हो र भन्ने जस्ता शब्द बोल्दै, हामीले गाउँदेखि केन्द्र सम्म पाल्नुपर्ने हुन्छ । तपाई हामीहरूले स्टिममा चल्नुपर्ने जस्ता शब्द अडियो रेकर्डमा भेटिएका छन् ।

खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका कार्यालय इन्चार्ज इन्जिनियर तपेन्द्र सुन्दर मल्लसहित तीन जना कर्मचारी पक्राउ परेको तर विस्तृत विवरण आउन बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालय प्रमुख देवकुमार राइले बताए । अख्तियारको थप विवरण नआउँदा सम्मको लागि उपभोक्ता समितिको नाम गोप्य राखिएको छ ।

उपभोक्तासँग घुसखाने इन्जिनियरसहित तीन पक्राउ

विपद् न्यूनिकरणका लागि छैन पूर्वतयारी र सतर्कता

उपभोक्तासँग घुसखाने इन्जिनियरसहित तीन पक्राउ

YUGAAWHAN NATIONAL DAILY (2077-03-17)

Leave a comment

Your email address will not be published. Required fields are marked *