प्रदेश अस्पताल सुर्खेतका डा. सापकोटाको कोरोनाबाट मृत्यु

सुर्खेत, १५ असोज ।

कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर हरी सापकोटाको कोरोना संक्रमणबाट मृत्यु भएको हाे । अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. सापकोटाको उपचारको क्रममा नेपालगञ्जमा बिहीबार दिउँसो मृत्यु भएको हो ।

प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा डा. सापाकोटालाई गत भदौ ३० गते कोरोना पोजेटिभ भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । भदौ ३१ गतेदेखि कोभिड अस्पताल कालागाउँ बसेका सापकोटालाई थप उपचारको लागि यही असोज २ गते भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको थियो । उनको उपचारको क्रममा बिहिवार दिउँसो ३ बजेतिर मृत्यु भएको मन्त्रालयले जनाएको छ । ५८ वर्षीय डा. सापकोटा ११ औं तहका सरकारी डाक्टर हुन् ।

प्रदेश अस्पताल सुर्खेतका डा. सापकोटाको कोरोनाबाट मृत्यु

मुख्यमन्त्री रोजगार कार्यक्रमको साढे पाँच करोड रकम

प्रदेश अस्पताल सुर्खेतका डा. सापकोटाको कोरोनाबाट मृत्यु

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय

Leave a comment

Your email address will not be published. Required fields are marked *