भारत सरकारद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

भारत सरकारले बाढीपीडितका लागि आवश्यक सामाग्री उपलब्ध गराएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितलाई आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् । एक करोड १८ लाख ५१ हजार २० भारतीय रुपैयाँ बराबरको सामग्री प्रजिअ रिजालसमक्ष नेपालगञ्ज विमानस्थल परिसरमा रहेको ‘मानवीय सहायतस्थल’मा हस्तान्तरण गरिएको थियो […]

सम्पादकीय : बाढीपीडितको समस्या सुनुवाई गर

२०७१ साउन २८ र २९ गते आएको बाढीबाट विस्थापित भै अहिले जंगल फडानी गरेर बसोबास गरिरहेका गिरीघाट खोला छेउका स्थानीय बासिन्दाको अहिलेसम्म पनि उचित व्यवस्थापन हुन नसकेको गुनासो बर्षेनी आईरहन्छ । बाढीबाट विस्थापित भएको दशक पुग्दासम्म पनि उनीहरुको व्यवस्थापनमा ठोस कदम नचाल्नु दुखद् हो । साविक हरिहरपुर गाविस हालको बराहतालमा भेरीमा आएको बाढीका कारण विस्थापित […]

१० वर्षदेखि कर्णाली राजमार्ग छेउमा अलपत्र छ बाढीपीडितको बस्ती

कर्णाली प्रदेशको सिंहदरवार वीरेन्द्रनगरदेखि नौ किलोमिटरको दुरीमा रहेको गिरिघाट खोलामा विगत एक दशकदेखि एउटा त्रिपालले छाएको बस्ती भेटिन्छ । हावा, पानी, घाम थेक्दा थेक्दै त्रिपाल पनि थाके । तर, त्रिपालको डोरी समाउनेहरु भने अझै थाकेका छैनन् । उमेरले ७० को दशकमा टेकेका रुपलाल कुमाल बराहताल गाउँपालिका वडा नम्बर–८, स्थित गिरीघाटमा देखिन थालेको १० वर्ष पुग्यो […]