अत्याधिक चिसो बढेपछि कोहलपुरका बिद्यालयहरु पुस २६ देखि २९ गतेसम्म बन्द

सरला सुवेदी । अत्यधिक चिसो बढ्दै गएपछि बाँकेको कोहलपुर नगरपालिकाले विद्यालयहरूमा जाडो बिदा दिने निर्णय गरेको छ । नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका पेशागत घटकहरूसँग बसेको बैठकले यो निर्णय गरेको हो । शिक्षा शाखाका अनुसार पुस २६ गतेदेखि २९ गतेसम्म नगरक्षेत्रका सबै विद्यालय बन्द रहनेछन् । बैठकले चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले विद्यालय […]

चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द

एक सातादेखि निरन्तर रूपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन् । चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि विद्यालयमा बिदा दिइएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए। […]

विद्यालयमा मोबाइल फोन निषेध : लिए ३ हजारले जरिवाना

निजी विद्यालको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर अझै माथि उकास्न सकेको छैन । केही सामुदायिक विद्यालय निजी विद्यालयभन्दा अब्बल भएपनि प्राप्त नतिजा र गुणस्तर हेर्दा सामुदायिक विद्यालयभन्दा निजी विद्यालय नै अग्र पङ्क्तिमा आउँछ । सामुदायिक विद्यालयमा शिक्षकले अनुशासित भएर नपढाएकाले शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको धेरैको आरोप छ । समयमै विद्यालय नपुग्ने, विद्यालय समय अवधिभर नबस्ने, […]

रक्तअल्पताबाट जोगाउन किशोरीहरूलाई विद्यालयमा नै आइरन चक्की

किशोरीहरूलाई रक्तअल्पताबाट जोगाउन विद्यालयमा नै आइरन चक्की खुवाउने अभियान टीकापुरमा जारी छ । टीकापुर नगरपालिकाले नगरका सबै विद्यालयमा किशोरावस्थाका छात्रालाई आइरन चक्की खुवाउने अभियान थालेको हो । दश वर्षमाथिका सबै किशोरीलाई आइरन चक्की र जुकाको औषधि खुवाइन्छ । सुरुमा विद्यालयमा आइरन चक्की खान डराउने किशोरीहरु आजभोलि नियमित खान थालेका छन् । टीकापुरकी पूजा चौधरी महिनावारी […]

अविरल वर्षाले बाटो भत्किँदा दुई दिनदेखि विद्यालय बन्द

हुम्लाको सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र निम्न माध्यामिक विद्यालय दुई दिनदेखि बन्द भएको छ । जिल्लामा निरन्तर वर्षा भएर विद्यालय जाने साँता गाउँ नजिकको बाटो पहिरो आएर भत्किँदा विद्यार्थी उपस्थित नहुँदा विद्यालय बन्द भएको हो । बाटो भत्किँदा सिमकोट–८ याङ्गु गाउँका विद्यार्थी दुई दिनदेखि विद्यालय जान नपाएका हुन् । भारी वर्षा भएर बिहिबार र […]

एसइईमा सुर्खेतका चार निजि, १७ सामुदायिक विद्यालय निल

चार निजि, १७ सामुदायिक विद्यालयसहित सुर्खेतका २१ वटा विद्यालय एसइइको नतिजामा निल भएका छन् । हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजामा सबै विद्यार्थी फेल भएपछि विद्यालय निल भएका हुन । यी विद्यालयबाट एसइई परीक्षामा सहभागी चार सय २६ जना विद्यार्थी माथिल्लो कक्षामा पढ्न नपाउने गरी नन ग्रेडेड भएका छन् । जसमा १७ सरकारी […]

कक्षा छोड्दा विद्यालय बन्द

लामा समुदायको गाउँबस्तीमा सञ्चालन गरिएका अधिकांश विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । माथिल्लो कक्षा चढेपछि विद्यार्थीले विद्यालय छोड्न थालेपछि विद्यालय बन्द हुने अवस्थामा पुगेका हुन् । नाम्खा गाउँपालिका–६, तिल गाउँका अभिभावक कुन्क्याप तामाङले हिमशिखर प्राथमिक विद्यालय बन्द भएको बताए । गाउँका अधिकांश विद्यार्थीले बिचमै पढाइ छोड्ने गरेकाले विद्यालय बन्द भएको हो । यस विद्यालयमा […]

प्रभावकारी बन्दै विद्यालय आँखा स्वास्थ्य कार्यक्रम

सुर्खेतको पञ्चपुरी नगरपालिका–५ को सूर्य प्रकाश माध्यमिक विद्यालयमा कक्षा–६ मा अध्ययन गर्ने ११ बर्षिया सुवास पहारीको सानैदेखि आँखा कमजोर रहेको थियो । उनी आफ्नो आँखा कमजोर भएको सुवासले थाहा पाएका थिएनन् । उनले शिक्षक अगाडी बोर्डमा लेखेको बिषय राम्रोसँग देख्न सक्दैनथँे र पाठ्य पुस्तकमा लेखिएको अक्षर पनि राम्रोसँग चिन्न सक्दैनथेँ । सुवासले त्यो बिषयमा आफ्ना […]

कर्णालीका १० जिल्लामा धमाधम निर्माण हुँदै विद्यालयका भौतिक संरचना

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम’अन्तर्गत १० जिल्लाका ७९ स्थानीय तहमा रहेका विद्यालयको भौतिक संरचना निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गरेको छ । आठवटा स्थानीय तह रहेको जुम्लामा चार पालिकामा भवन निर्माण भएका छन्, भनेरूकुम पश्चिममा छ पालिकामा छवटा चारकोठे भवन निर्माण सम्पन्न भएका छन् । कालीकोटका नौवटै पालिकामा विद्यालय भवन निर्माण गर्न […]

अत्यधिक गर्मीले पठनपाठन बन्द

पछिल्लो समय बाँकेमा अत्यधिक गर्मी बढेपछि नेपालगन्जका विद्यालयहरू चार दिनका लागि बन्द गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले जेठ १५ गतेदेखि जेठ १८ गतेसम्म नेपालगन्जका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरस्तरीय विपद व्यवस्थापनको बैठकले गर्मी बिदा गर्ने निर्णय भएको नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाले जानकारी दिनुभएको छ । नेपालगन्जमा केही […]

विद्यार्थी कम भएका सामुदायिक विद्यालय समायोजन

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले १६ वटा सामुदायिक विद्यालयलाई समायोजन गरेको छ । गाउँ कार्यपालिकाको बैठकले विद्यार्थी संख्या न्यून भएका १६ वटा विद्यालय समायोजन, कक्षा घटुवा, तह घटुवा तथा शाखा बिस्तार निर्णय गरेको हो । सोही निर्णयअनुसार विद्यालय समायोजन यसै शैक्षिक सत्रदेखि लागू भएको सानीभेरी गाउँ कार्यपालिकाका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिए । उनका अनुसार कार्यपालिकाको […]

दुर्गमको एक नमुना विद्यालय : जहाँ समस्यै समस्याका बाबजुद गुणस्तरीय पढाइ हुन्छ

नेपालको उत्तरी भेगमा अवस्थित अति विकट दुर्गम र पिछडिएको जिल्लाको रूपमा मुगुलाई चिनिन्छ । जसमा सडकसँगै अझै भौतिक पूर्वाधारहरूको निर्माण हुन सकिरहेको छैन । त्यस्तोमा यहाँको शिक्षाको अवस्था कस्तो होला आफैँ अनुमान लगाउन सकिन्छ । तर पनि यहाँ केही यस्ता विद्यालय छन्, जसले अभावै अभावका बीच आफूलाई अब्बल सावित गर्न सक्षम भएका छन् । सोरु […]