आगोमा निस्सासिएकी दिदीबहिनीको उपचारका क्रममा मृत्यु

  जुम्लाको पातारासी गाउँपालिकामा धुवाँले निस्सासिएकी दिदीबहिनीको उपचारका क्रममा मृत्यु भएको छ । ११ दिनकी सुत्केरी २२ वर्षीया मायालक्ष्मी महतारा र उनकी १९ वर्षीया बहिनी जुनमाया रोकायाको मृत्यु भएको हो । उनीहरू चन्दननाथ नगरपालिकाको कालेखोलीमा बस्दै आएका थिए । सुत्केरी भएको ११ दिन पुगेकी मायालक्ष्मीको अस्पतालमा उपचारको क्रममा सोमबार नै मृत्यु भएको थियो । उनकी […]

खोलाले बगाउँदा मृत्यु

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ मा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । सिलागाउँका ५५ वर्षीय चन्द्रे पुनलाई बिहिवार खोलाले बगाउँदा उनको मृत्यु भएको हो । काफचौर तर्नेक्रममा खोलाले बगाउँदा पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक नविन मरासिनीले जानकारी दिए । उनको शव ढुङ्गा र माटोले पुरिएको अवस्थामा फेला परेको छ । […]

ट्याक्टर दुर्घटना हुँदा चिङ्गाडका एकजनाको मृत्यु

ट्याक्टर दुर्घटनामा हुँदा सुर्खेतका एक जनाको मृत्यु भएको छ, भने अन्य दुईजना घाइते भएका छन् । आइतबार बेलुका कालिकोटको रास्कोट नगरपालिका–५, आरसिपी बजार नजिकै फुकोटतर्फ जाँदै गरेको भे २ त २६१२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी चिङ्गाड गाउँपालिकाका २७ वर्षीय वीर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको प्रदेश अस्पताल कालागाँउमा […]

एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु

यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीलाई सर्पले डस्यो । बायाँ हातमा सर्पले डसेका चौधरीलाई परिवारका सदस्य अस्पताल पु¥याउनुको साटो झारफुकतिर लागे । बिरामीको अवस्था नाजुक बन्न थाल्यो त्यसपछि मात्रै चौधरीलाई अस्पताल लैजाने तरखर भयो । जतिबेला समय निकै टरिसकेको थियो । बेलुका […]

तिला नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

तिला नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका वडा नम्बर २ निवासी १८ वर्षीय कबिराज डाँगी तिला नदीमा नुहाउन गएको बेला बिहीवार दिउँसो नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । तातोपानी गाउँपालिका–२ मा रहेको जर्मिको तातोपानी धारा नजिक तिला नदिमा नुहाउने क्रममा डाँगीको मृत्यु भएको जिल्ला […]

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान १० बजेतिर जिल्लाको चौरजहारी नगरपालिका–१२ सानाखोलास्थित भित्री सडकमा कर्णाली प्रदेश ०३००१ त ००१ नम्बरको ट्याक्टर ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परेर सोही ठाउँका २५ वर्षीय गोपाल खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिए । उनका […]

इनार सफा गर्ने क्रममा निसास्सिएर दुई युवाको मृत्यु

सुर्खेत वीरेन्द्रनगर वडा नम्बर– ११ मा इनार सफा गर्ने क्रममा दुइजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का तोर्ण विकको घरको इनार सफा गर्ने क्रमममा निसास्सिएर उनिहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा दैलेखको चामुण्डा घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ पिपिराका वर्ष ३२ विद्यु प्रसाद रेग्मी र […]

भिरबाट लडेर शिक्षकको मृत्यु

रुकुम पश्चिममा भिरबाट लडेर एक जना शिक्षकको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका –१० पेउघा घर भई सोही स्थानमा रहेको बाल कल्याण माध्यमिक विद्यालय टोड्केमा कार्यरत शिक्षक भद्रबहादुर खड्काको मृत्यु भएको हो । विद्यालयका प्रधानाध्यापक खम्बबहादुर केसीले बुधवार विद्यालयको काम सकेर घर जाँदै गर्दा घर नजिकैको भिरबाट खसेको जानकारी दिए । उनी विद्यालयको सहायक […]

भीरबाट लडेर महिलाको मृत्यु

भीरबाट लडेर नरहरिनाथमा एक महिलाको मृत्यु भएको छ । गाउँ नजिकैको चुचिल्ले भीरमा बाख्रा चराउन गएकी नरहरिनाथ–३ डाँडाखर्ककी ३५ वर्षीया करुण उपाध्याय (महतारा) को लडेर मृत्यु भएको हो । बाख्रा लिएर चराउन गएकी महतारा भीरबाट चिप्लिएर लड्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताए । भीरबाट लडेको खबर आए पछि खोज्न […]

कोहलपुरमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु

बाँकेको कोहलपुरमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । कोहलपुर १२–सुन्दरबस्तिका १६ वर्षीय विशाल परियारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए । अत्यधिक गर्मी बढेपछि केही दिनदेखि विद्यालय बन्द छन् । विद्यालय बन्द भएसँगै गर्मी छल्न घर नजिकैको डढुवा खोलामा साथीहरूसँग पौडी […]

सल्यानमा ट्रकले च्यापिएर चालकको मृत्यु

सल्यानमा मिनि ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । गएराती राप्ती राजमार्ग अन्तर्गत दाङबाट सल्यान आउँदै गरेको रा १ ख १९१६ नम्बरको मिनिट्रक सल्यान कपुरकोट गाउँपालिका ३ अरिंगालेफेदीमा दुर्घटना भएको हो । दुर्घटनामा परी सल्यान छत्रेश्वरी गाउँपालिका ६ का अन्दाजी २७ वर्षीय सुकलाल घर्तीको ट्रकले च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका […]

सल्यानमा भतिजाको कुटपिटबाट काकाको मृत्यु

सल्यानमा भतिजाको कुटपिटबाट काकाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका ४ घर भई हाल शारदा नगरपाकिला ६ बरला बस्दै आइरहेका ३१ वर्षीय हस्त बहादुर विष्ट भन्ने डनराज विष्टले काका नाता पर्ने शारदा नगरपालिका २ स्याला बस्ने ४६ वर्षीय घनश्याम विष्टको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हस्त बहादुरले जेठ ४ […]

कुपिन्डेतालमा डुबेर एक महिलाको मृत्यु

सल्यानको कुपिन्डेतालमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदा नगरपालिका–९, आरामेलटाकुराकी ३० बर्षीया कमला कुँवर रहेकी छिन् । सल्यानमा प्रहरीका अनुसार बिहीबार बिहान ७ बजेतिर कुपिन्डे बराह मन्दिरमा पूजा गरिरहेका बेला उनी एक्कासि तालमा हाम फालेकी थिइन् । त्यसपछि उनको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।

This will close in 0 seconds