ट्याक्टर दुर्घटना हुँदा चिङ्गाडका एकजनाको मृत्यु
ट्याक्टर दुर्घटनामा हुँदा सुर्खेतका एक जनाको मृत्यु भएको छ, भने अन्य दुईजना घाइते भएका छन् । आइतबार बेलुका कालिकोटको रास्कोट नगरपालिका–५, आरसिपी बजार नजिकै फुकोटतर्फ जाँदै गरेको भे २ त २६१२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी चिङ्गाड गाउँपालिकाका २७ वर्षीय वीर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको प्रदेश अस्पताल कालागाँउमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।
मृत्यु भएका परियार ट्याक्टर चालक हुन् । यस्तै घाइते हुनेहरुमा कालिकोट रास्कोट नगरपालिका–५ का २२ वर्षीय प्रकाश तिरुवा, २२ वर्षीय नम सार्की रहेका छन् । उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर सडकदेखि अन्दाजी एक सय मिटर तल खसेको थियो ।