भिरबाट लडेर शिक्षकको मृत्यु

रुकुम पश्चिममा भिरबाट लडेर एक जना शिक्षकको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका –१० पेउघा घर भई सोही स्थानमा रहेको बाल कल्याण माध्यमिक विद्यालय टोड्केमा कार्यरत शिक्षक भद्रबहादुर खड्काको मृत्यु भएको हो ।

विद्यालयका प्रधानाध्यापक खम्बबहादुर केसीले बुधवार विद्यालयको काम सकेर घर जाँदै गर्दा घर नजिकैको भिरबाट खसेको जानकारी दिए । उनी विद्यालयको सहायक प्रधानाध्यापकको जिम्मेवारीमा थिए ।

भिरबाट लडेर गम्भीर घाइते भएका खड्कालाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याइएको बेला चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनी भिरबाट लडेर करिब चार सय मिटर तल पुगेका थिए ।

उनी २०५३ देखि २०६० सम्म मुसिकोट नगरपालिका १२ जमारूमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कार्यरत थिए । हाल बाल कल्याण मावि टोड्केमा प्रावि स्थायी शिक्षक पदमा कार्यरत थिए ।

भिरबाट लडेर शिक्षकको मृत्यु

YUGAAWHAN NATIONAL DAILY (2081-02-24)

भिरबाट लडेर शिक्षकको मृत्यु

रुकुमपश्चिममा ३२ करोड बेरुजु