मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ । यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ । फाट्टफुट्ट भेटिने ज्येष्ठ नागरिक भन्छन्, ‘बस्ती सबै रित्तो भो, जताततै वनमाराले राज गरेको छ ।’ दश वर्षअघि गाउँमा गाडीको प्रतीक्षा गरेर बसेकामध्ये अहिले औंलामा गन्न सकिने मानिस भेट्न कठिन […]