ओलीलाई साइजमा राख्न एमालेभित्र चलखेल, विद्या भण्डारीलाई अध्यक्ष बनाउने, प्रचण्ड–माधवलाई पार्टीमा ल्याउने
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा (एमाले)को सक्रिय राजनीतिमा ल्याउनुपर्ने र ल्याउन नहुनेबीच आन्तरिक कलह सुरु भएको छ । दुई कार्यकाल राष्ट्रपतिको भूमिका निर्वाह गरेकी भण्डारीले पनि एमालेमा फर्किने मनशाय व्यक्त गरिसकेकी छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट एमालेमा हेपिएका, पेलिएका, थिचिएका र अवसरबाट बञ्चित पारिएका केही नेताहरु भण्डारीले अब पार्टीको नेतृत्व गरुनँ […]



