पानी नपर्दा व्याडमै सुक्न थाल्यो धान
दुर्गा विसि।
सल्यान ,५ साउन।
सल्यानकाे पश्चिम क्षेत्रमा वर्षा नहुदा धानकाे व्याड खेतमै सुक्न थालेको छ ।अषाढ अन्तिम र साउनकाे पहिलो सता यश अघिका वर्षहरुमा धान राेपाइ सकिन्थ्यो ।तर यसपटक भने अषाढ सकिएर पनि साउनकाे पहिलो हप्तासम्म पानी परेन ।समयमै धान राेप्न नपाउदा किसानलाई पिराेलेकाे छ ।सिचाइ कुलोमा पानी ल्याए थाेरै राेपका खेतमा समेत सिंचाइ नपुग्दा धान सुक्न थालेको छ ।खेतमा पानी पुर्याउन किसानहरुलाइ हानाप छ ।कति ठाउँमा त पानिकै लागि झैझगडा मनमुटाव सुरु भएको छ ।
बनगाड जिउला आसपासकाे सिरानतिर धेरै वगर खेतहरुमा धान राेपाइ सके पनि भेरि किनार,सल्लिवजार आसपासका क्षेत्रहरुमा धान राेपाइ हुन सकेको छैन ।वालुवासँग्रही खाेलामा पनि धान राेपाइ भए पनि राेपेकाे धानमा किसानले भरपुर सिचाइ गर्न पाएका छैन ।पछिल्लो समयमा बनगाडमा अत्यधिक कम वर्षा भएको छ ।पानी नपर्दा अधिकांश खेतीयोग्य जमिन बाँझै छ ।सुनौली खाेलाबाट हुने सिचाइ खेतीयोग्य जमिन कालागाउ,पानसेरा,सुनौली आसपासका खेतहरु पनि बाँझै छन् ।





