शवदाह गृहका लागि ग्लोबल आइएमई बैंकद्वारा २० लाख सहयोग


सरला सुवेदी ।

कोहलपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पूर्वपट्टी निर्माणाधीन अत्याधुनिक शवदाह गृह निर्माणका लागि ग्लोबल आइएमई बैंकले २० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । डुडुवा र रोहिणी खोलाको संगमस्थलमा निर्माण भइरहेको यो शवदाह गृहलाई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो ।

सोमबार कोहलपुर नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगीता सुवेदीलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेकि हुन् ।

कार्यक्रममा बोल्दै शिवाकोटीले पवित्र कार्यमा जोडिन पाउँदा बैंकलाई गर्व भएको बताईन । “ग्लोबल आइएमई बैंकले १८ वर्षदेखि देशभर गुणस्तरीय सेवा दिँदै आएको छ । कोहलपुर नगरपालिकासँग सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौं,” उनले भनिन् । कार्यवाहक नगर प्रमुख सुवेदीले शवदाह गृह निर्माणका लागि बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यो कोहलपुर नगरपालिकाको पुण्य काम रहेको र स्थानीयको सपना पूरा हुने बताइन् ।

“यस परियोजनामा कोहलपुरका व्यवसायी चक्र बहादुर अधिकारीको भूमिका प्रशंसनीय छ । बैंकसहित अन्य दाताहरूप्रति नगरपालिकाले कृतज्ञता प्रकट गर्दछ,” उनले भनिन् । शवदाह गृह निर्माण समितिका संयोजक चक्र बहादुर अधिकारीले ८० प्रतिशत काम पूरा भइसकेको जानकारी दिए उनका अनुसार, आवश्यक विद्युत् जडान गरिसकिएको छ र माघ महिनादेखि शवदाह गृह औपचारिक रूपमा सञ्चालनमा आउनेछ ।

वडा नम्बर १२ का अध्यक्ष बिरेन्द्र कुमार शाहले स्वागत मन्तव्य राख्दै सहयोगी दाताहरूप्रति धन्यवाद व्यक्त गरेका थिए । उनले शवदाह गृहको निर्माणले कोहलपुरमा दीर्घकालीन सामाजिक आवश्यकता पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

शवदाह गृहका लागि ग्लोबल आइएमई बैंकद्वारा २० लाख सहयोग

एकिकृत स्वास्थ्य शिविरमा ३ सय बढीको स्वास्थ्य

शवदाह गृहका लागि ग्लोबल आइएमई बैंकद्वारा २० लाख सहयोग

कर्णालीमा आर्थिक वृद्धिका प्रमुख क्षेत्र पर्यटन, कृषि