दशैंपछि पहिलो पटक घट्यो नेप्से


दशैपछि पहिलो पटक नेप्से परिसूचक घटेर बन्द भएको छ। दशैंपछि पछिल्ला ४ कारोबार दिनदेखि उकालो लागेको नेप्से आइतबार भने घटेर बन्द भएको हो ।
आइतबार नेप्से परिसूचक ४७.४४ अंक घटेर २६९७.९१ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ७.९१ अंक घटेको छ भने फ्लो इण्डेक्स ३.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५७ अंक घटेको छ ।
नेप्से घटेपनि आइतबार कारोबार भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ७ अर्ब १९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ८८ हजार ७१४ पटकको कारोबारमा ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँ बराबरको २ करोड ८ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आइतबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक स्थिर रहेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक ४ प्रतिशत घटेको छ ।





