ब्रेकिङ : कृषकको खेतबारीमा पुग्ने अनुदानकाे मल विचौलीयाको काउन्टरमा

सुर्खेत, ३२ जेष्ठ ।
सरकारले अनुदान दिएको युरिया मल वीरेन्द्रनगर बजारमा छ्यापछ्याप्ती भेटिएको छ । सरकारको अनुदानमा बितरण हुने सरकारी लोगो लगाइएको मल बिचौलीयाको हातमा पुगेको भेटिएको छ । युरिया मल विक्रि गर्ने सरकारी निकाय साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामाग्री कम्पनीले तोकिएका मापदण्ड पुरा गरेका कृषि सहकारी संस्थाहरुमार्फत कृषकको घरदैलोमा पुग्नुपर्ने मल वीरेन्द्रनगर बजारमा बिचौलियाको हातमा पुगेको भेटिएको हो ।

व्यवसायीक निजी फर्म खाद्य खुद्रा पसल, एग्रोभेटमा सरकारी अनुदानको मल भेटिएको छ । युरिया मल किसानसम्म पुरयाउने जिम्मेवारी पाएको साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामाग्री कम्पनी लिमिटेडका कर्मचारी र निजी क्षेत्रका व्यवसायीको मिलेमतोमा अनुदानको मल खुलम् खुल्ला बजारमा विक्रि वितरण भएको भेटिएको छ ।

वीरेन्द्रनगर–६, लक्ष्मीहल लाईनको सुर्खेत खाद्य केन्द्रमा सरकारी अनुदानको मल विक्रि वितरण भएको भेटिएको हो । स्रोतले दिएको सूचनाका आधारमा स्थलगत अवलोकन गर्दा १६ बोरा विक्रिका लागि काउन्टरमै राखेको भेटिएको छ । सरकारले करिव १७ सय रुपैयाँ प्रति बोरा मल खरिद गरी अनुदानमा युरिया मल प्रतिबोरा करिव ९ सय रुपैयाँ छुट दिई ८ सय १६ रुपैयाँमा कृषकले कृषि सहकारी संस्थाहरु मार्फत खरिद गर्ने गरेका छन् । अनुदानको मल वितरण सम्बन्धी २०६९ को कार्यविधि अनुसार सरकारले अनुदानको मल कृषि सहकारी संस्थाहरुले मात्रै कृषकको घरदैलो, कृषकको हातमा पुरयाउने व्यवस्था गरेको छ ।
(विस्तृतमा २०७७ असार १ गतेको युगआव्हान राष्ट्रिय दैनिकमार्फत खुलासा गरिनेछ ।)

तपाईको प्रतिक्रिया