प्रतिष्ठान विरुद्ध उठेका २२ बुँदे माग सम्बोधन गर्न स्वास्थ्य प्रतिष्ठान प्रतिबद्ध

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विरुद्ध आन्दोलनमा उत्रिएको नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण दलपछि हटेको छ । प्रतिष्ठान भित्र भएका बेथितिबारे विभिन्न २२ बुँदे माग राखेर प्रतिष्ठान विरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।
गत असार १६ गते नेपाल विद्यार्थी संघ र नेपाल तरूण दलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई २२ बुँदे ध्यानाकर्षण बुझाएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गठन गरेको वार्ता समिति र आन्दोलनरत पक्षले बिहीबार विहान संयुक्त रुपमा पत्रकार सम्मेलन गरि आन्दोलनबाट पछि हटेको जानकारी गराएका छन् ।
नेविसंघका जिल्ला सभापति महेश हमालले प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई प्रतिष्ठानको सेवा प्रवाह र सेवा सुविधाका विषयमा ध्यानाकर्षण गराएपछि आन्दोलनका कार्यक्रम अगाडि बढाइएको बताए ।
यता तरुण दलका अध्यक्ष हेम बुढथापाकाका अनुसार नेविसंघ र तरूण दलको मागको सम्बन्धमा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यको नेतृत्वमा सर्वदलीय कार्यदल गठन समेत गरिएको थियोे।
विभिन्न चरणमा भएका छलफल र वार्तापछि आन्दोलनबाट पछि हट्नु पर्ने टुंगोमा पुगेको छ । २२ बुँदे ज्ञापनपत्रका सम्बन्धमा प्रतिष्ठानले गम्भीरतापूर्वक लिदैँ कार्यकारी समितिको बैंठकले रजिष्ट्रार नृपेन्द्र महतको संयोजकत्वमा तीन सदस्यीय संयोजन तथा वार्ता समिति गठन गरेको थियो । रजिस्ट्रार महतका अनुसार प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै नेविसंघ र तरूण दलले उठाएका २२ बुँदे मागका सम्बन्धमा प्रतिष्ठानले २२ बुँदे प्रतिबद्वता जनाएको छ ।
गत १६ गते नेविसंघ र नेपाल तरूण दलले संयुक्त रुपमा बुझाएको ध्यानाकर्षण पत्रमा किड्नी डाइलासिस सेवा सुचारू हुनुपर्ने, भिडियो एक्सरे सेवा सुरू हुनुपर्ने, हप्ता इन्डोस्कोपि सेवा नियमित संचालन गर्ने र एम्बुलेन्स सेवा सुरू हुनुपर्ने लगायतका माग राखेका थिए । यी समस्याहरु चरणबद्ध रुपमा काम गर्दै र सुधार्दै जाने प्रतिबद्धता जनाएको छ ।’
रजिस्ट्रार महत भन्छन् नेविसंघ र तरूण दलका मागहरू यथार्थपरक थिए । मागहरूलाई गम्भीरतापूर्वक लिइएको हो । रजिस्ट्रार महतले पत्रकार सम्मेलनमा उठेका प्रश्न र जिज्ञासामाथि उचित सम्बोधन गरिने दाबीसमेत गरे।यस्तै प्रतिष्ठानका निर्देशक डा.पुजन रोकायाले ओपिडी, बीमा, फोहोर व्यवस्थापन र ब्लड बैंकका बारेमा उठेका प्रश्नमा जिज्ञासा जायज भएको भन्दै कार्यान्वयन गरिने बताए।नेपाल तरूण दल जुम्लाका संयोजक हेम बुढ्थापाले प्रतिष्ठानले गरेका प्रतिबद्धता यथाशीघ्र कार्यान्वयन हुनुपर्ने ओैल्याए ।
आन्दोलन रोकिएको छैन । प्रतिबद्धता भएअनुसार काम नभए फेरि आन्दोलन हुनेछ । यता नेपाल विद्यार्थी संघ जुम्लाका सभापति हमालले प्रतिबद्धता सकारात्मक रहे पनि कार्यान्वयन प्रक्रियामा इमानदारीपूर्वक हुनुपर्ने बताए ।
उनले भने, ‘प्रतिबद्धता पुुरा हुनेमा आशावादी छौं । आधिकारिकता त कार्यान्वयन भएपछि हुनेछ । खबरदारी गर्न पछि हट्ने छैनौं ।’ पत्रकार सम्मेलनको अध्यक्षता गरिरहेको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबल धामी प्रतिष्ठानका गतिविधिमाथि सचेत तवरबाट प्रश्न उठ्नु स्वभाविक भएको बताउँछन् । ‘नेविसंघ र तरुण दलले हामीलाई खबरदारी गर्नु हाम्रो गतिविधिमा निगरानी गर्नु हो,’ उनले भने, ‘यसले हामीलाई सेवा प्रवाहमा सचेत हुनुपर्छ । यता नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले कर्णाली प्रतिष्ठान बनाउन सबैको भूमिका महत्वपूर्ण हुने बताए ।





