भीरबाट लडेर महिलाको मृत्यु

![]()
भीरबाट लडेर नरहरिनाथमा एक महिलाको मृत्यु भएको छ । गाउँ नजिकैको चुचिल्ले भीरमा बाख्रा चराउन गएकी नरहरिनाथ–३ डाँडाखर्ककी ३५ वर्षीया करुण उपाध्याय (महतारा) को लडेर मृत्यु भएको हो ।
बाख्रा लिएर चराउन गएकी महतारा भीरबाट चिप्लिएर लड्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताए ।
भीरबाट लडेको खबर आए पछि खोज्न जाँदा मृत भेटिएकी थिइन् । उनी कुमालगाउँकी अगुवा कृषक पनि हुन् । उनले बेमौसमी तरकारी खेती र फलफूल खेती गरेर छोराछोरी पढाउने गरेकी नरहरिनाथ–९ का वडाध्यक्ष प्रदिप बोहोराले बताए ।
कालीकोटमा महिनैपिच्छे भीरबाट लडेर नागरिकले ज्यान गुमाउने गरेका छन् । एक वष यता भीरबाट लडेर १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।




